Friday, September 13, 2019

तीन प्रकारका डेंगुले सङ्क्रमित छौं हामी

वैद्यनाथ ठाकुर
    यतिबेला डेंगु सर्वाधिक चर्चामा रहेको छ । यो रोग एडिज इजिप्टी नामको पोथी लामखुट्टेले टोकेर हुने रोग हो । यो लामखुट्टेको जीउमा चितुवाको जस्तो रेखा हुन्छ । यो लामखुट्टेले दिउँसो मात्रै टोक्छ । खासगरी बिहान मात्रै टोक्ने यो लामखुट्टे धेरै उचाइमा उड्न सक्दैन । सफा पानीमा मात्रै पूmल पार्ने यो लामखुट्टे अलि शौकिन मिजासको जस्तो देखिन्छ । राति अँध्यारोमा नउड्ने, धेरै माथि उचाइमा नउड्ने यो प्रजातिले अहिले एक प्रकारको मनोवैज्ञानिक आतङ्क नै पैmलाएको छ ।
    डेंगु रोगको शिकार डाक्टर, मास्टर, इन्जिनीयर, वकिल, न्यायाधीश, मन्त्री सबै उच्च सुकिला, मुकिला तथा बुद्धिजीवीहरूसमेत भएका हुनाले डेंगुले महामारी लेला कि भन्ने डर पनि सरोकारवालामा व्याप्त भएको देखिन्छ । यसको निदानको रूपमा सफा पानी घर भित्र वा बाहिर जम्न नदिने, जमेको भए त्यसलाई छोपेर राख्ने वा तेल हालिदिने जस्ता कार्यहरू गर्नुपर्ने विज्ञहरूले सुझाएका छन् । प्रायःजसो लामखुट्टे कडा रङ्गमा झुम्मिने भएकोले हलुका फिका रङ्गको कपडा लगाउने, फुल बाहुलावाला सर्ट लगाउने, खुट्टामा जुत्तामोजा लगाउने र बिहान लामखुट्टेहरूले नटोकोस् भनेर बढी सतर्क रहने कुरामा बढी ध्यान पु¥याउन चिकित्सकहरूको सल्लाह छ ।
    दोस्रो प्रकारको डेंगु भनेको सरकारी स्तरका सरोकारवालाहरूको व्यवहारमा रहेको डेंगु हो । अर्थात् चरम भ्रष्टाचार तथा लापर्बाही र कर्तव्यहीनता । देशले राजनीतिकरूपमा व्यवस्था फेरेको छ । हिजोको राजतन्त्रको ठाउँ अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले लिएको छ । राजामा निहित रहेको हिजोसम्मको देशको सार्वभौमिकता यतिबेला जनताको हातमा आइसकेको छ । हामीले पटकपटक २००७ सालपछि देशको मुख्य कानूनको रूपमा जानिने संविधान नै फेरिसकेका छौं तर सबैभन्दा दुःख तब लाग्छ, जब जनताले कुनै परिवर्तनको अनुभूति गर्न पाइरहेको हुँदैन । व्यवस्था जति बदले पनि गरीब जनताको अवस्था कहिले बदलेन । साँच्चै भन्ने हो भने जनताको अवस्था नबदले पनि जनताको नाउँमा राजनीति गर्ने नेताहरूको अवस्था बदलेको छ । नेपाली राजनीतिमा देखिएको संस्थागत भ्रष्टाचार पनि डेंगुकै एक प्रकार हो । तेत्तीस क्विन्टल सुन तस्करी गरेर देशभित्र आयात हुने, बालुवाटारको जग्गासमेत ठूला नेताहरूको नाममा दर्ता हुने, वाइडबडीमा करोडौं रुपैयाँको कमिशनको खेल गुपचुप रहने जस्ता दर्जनौं डेंगु सङ्क्रमित लक्षणहरू सार्वजनिकरूपले सबैले थाहै पाएपनि यसको निदान अभैmसम्म केही पनि देखिएको छैन । सपना ठूलो बाँड्ने तर त्यसलाई पूरा गर्न कुनै ठोस पहल नगर्ने जुन प्रवृत्ति हाम्रो राजनीतिमा हावी छ, त्यसलाई किनारा नलगाएसम्म वास्तवमा देशले काँचुली फेर्ने कुरा गफमा मात्र सीमित रहन्छ । भ्रष्टाचारको खराब असरले देशको विकासको मेरुदण्डको रूपमा चिरपरिचित शिक्षा तथा स्वास्थ्यसमेत तहसनहस भइसकेको छ । जुन देशको शिक्ष्Fा र स्वास्थ्यले नागरिकलाई सेवा दिन एउटा निश्चित स्तर कायम राख्दैन, त्यहाँ कहिले पनि विकास हुनै सक्दैन । हाम्रो शिक्ष्Fाको स्तर यसै पनि समाप्त हुने अवस्थामा पुगेको छ । शिक्ष्Fा र स्वास्थ्यको कतिसम्म दयनीय अवस्था छ भने निजामती कर्मचारीदेखि शिक्षकहरूसमेत आप्mना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउँदैनन् । सचिव र मन्त्री तथा सांसदहरूको कुरै नगरौं । अस्पतालहरूको विश्वसनीयता यतिधेरै खस्केको छ कि सामान्य खालको रोगको उपचार गर्न पनि हाम्रा नेताहरू, मन्त्रीहरू विदेशतिरै धाउने अवस्था रहेको छ । प्रत्येक वर्ष दुई वर्षपछि सम्पूर्ण नेपालीलाई साक्षर बनाउने उद्घोष प्रधानमन्त्री तथा शिक्षामन्त्रीले गर्छन् तर त्यो कहिले पूरा हुन्न । मेलम्चीको पानी, साक्षरता अभियान, हुलाकी राजमार्ग यी सबै उस्तै प्रकृतिको हुन पुगेको छ । जसको बारेमा घोषणाहरू धेरै हुन्छन् तर कहिलेपनि ती पूरा हुने छाँटकाँट देखिंदैन । यतिबेला खुला दिसापिसाबमुक्त क्षेत्र गाउँपालिका तथा नगरपालिकाले घोषणा गर्ने एक प्रकारको होड नै चलेको छ । सकारात्मकताभित्र यो चलेको भए सबैतिर स्वागतयोग्य कुरा हुने थियो तर यसको वास्तविकता ठीक उल्टो छ । जुन गाउँपालिका तथा नगरपालिकाले खुला दिसापिसाबमुक्त क्षेत्र घोषणा गरेको छ, उक्त पालिकाको प्रवेशमार्गको दुवैतिर दिसापिसाबले भरिएको देखिन्छ । केवल घोषणाको लागि घोषणाको के अर्थ रहन्छ । चुनावताका राजनीतिक दलहरूले पालिकाहरूलाई नमूना पालिका बनाउने घोषणा गरेका थिए तर घोषणाअनुरूपको पूर्वाधार यसको ठीक उल्टो चौपाया पशुहरूले छाडारूपमा ट्राफिक जाम गर्ने गरेको र फोहरको डुङ्गुरमा उक्त पालिकाहरू रूपान्तरित हुँदै गएका देखिन्छन् । सरोकारवालाहरूको यस्तो ठग तथा धूर्त मानसिकताले सर्वसाधारणहरू डेंगुभन्दा बढी त्रासमय जीवन बिताउन बाध्य छन् ।
    तेस्रो डेंगुको रूपमा नागरिकको चेतना देखिएको छ । संसारको कुनैपनि ठाउँको विकासमा शासकको जति ठूलो भूमिका हुन्छ, त्योभन्दा ठूलो भूमिका स्थानीय नागरिकको हुन्छ । पालिकाहरूलाई सफा राख्न प्रशासनले जति प्रयास गरे तापनि यदि नागरिकहरूले सहयोगी भूमिका खेलेनन् भने कुनैपनि अभियान सफल हुन सक्दैन । नागरिक सचेत र सक्रिय भए अपराध न्यूनीकरणमा समेत राज्यलाई ठूलो सफलता हासिल हुने गरेको तथ्य थुप्रै विकसित देशहरूमा देखिएको छ । हामीकहाँ यस सवालमा निकै समस्या देखिन्छ । नागरिकहरूमा राज्यको भनेपछि त्यसप्रति अपनत्वको भाव नै देखिंदैन । सार्वजनिक सम्पत्तिको हिनामिनादेखि लिएर सरसफाइसम्मका कुरामा नागरिकहरूमा अभैm चाहिने जति चेतनाको अभाव देखिन्छ । हुनत विगतमा राज्यले नागरिकहरूप्रति गरेको भेदभावपूर्ण व्यवहार नै यसको लागि प्रमुख जिम्मेवार पक्ष हो । तरपनि समयसँगै नागरिकको चेतनामा परिवर्तन आउन अत्यन्तै जरुरी छ । नगर वा गाउँ हाम्रो हो, यसलाई सफा राख्ने हामी सबैको दायित्व हो, गलत कामको विरोध गर्नुपर्छ र सही कामको सराहना गर्नुपर्छ भन्ने जबसम्म मनोविज्ञान बलियो हुँदैन नागरिकमा, तबसम्म समाजभित्र उत्पन्न प्रत्येक समस्या डेंगुजस्तै भयावह हुन थाल्छ ।
    गएको हप्ता वीरगंजमा विद्यालय पढ्न हिंडेकी एकजना नाबालिकामाथि नाबालकहरूद्वारा नै एसिड प्रहारको घटनाले सामाजिक वातावरणलाई निकै तरङ्गित गरेको छ । समाजमा यस प्रकारको अक्षम्य अपराध घट्दा सम्पूर्ण सामाजिक सद्भाव तरङ्गित हुनुलाई अन्यथा मान्न सकिंदैन । यतिबेला सामुदायिक प्रहरी तथा केही बुद्धिजीवी र युवाहरूको सक्रियताले चोक चौराहामा जहाँ केटीहरूलाई केटाहरूद्वारा जिस्काउने काम गरिंदै आएको छ, त्यस्ताहरूलाई सम्झाइबुझाइ तथा नमान्नेलाई आवश्यक कानूनी कारबाई गर्न गरिएको पहललाई स्वागत गर्नुपर्छ । यस प्रकारको सक्रियता पहिलेदेखि नै भएको भए शायद त्यो दिन एसिड प्रकरण हुने नै थिएन । तर देशभरिमा एसिड प्रहारका घटना विगत दुई वर्षमा १६ वटा भएको देखिन्छ । सामाजिक बेथिति रोक्न सामाजिकरूपमा समाजले पनि सक्रियता देखाउनु जरुरी छ । वास्तवमा मदिरापान तथा धुम्रपान गर्न सार्वजनिकस्थल प्रयोगमा कडाइ गर्न जरुरी छ । कतिपय सवालमा ऐन नै नभएर समस्या छ भने कतिपय सवालमा ऐनको कार्यान्वयन नभएर समस्या देखिएको छ । यसतर्पm पनि सरोकारवालाको ध्यान जान जरुरी छ । सरकार र समाज तथा जनप्रतिनिधि तीनवटैको हातेमालोबाट मात्रै सामाजिक विकृतिलाई दुरुत्साहित पार्दै समाप्त पार्न सकिन्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us