Friday, September 13, 2019

मिर्गौला रोगीको आहार

मीरा शाह
    नेपालमा नसर्ने रोग दिन प्रतिदिन बढ्दै गइरहेको छ । विकसित मुलुकमा नसर्ने रोगहरू गलत जीवनशैली, खानपान र अति व्यस्तताले गर्दा बढ्दै गइरहेको छ । त्यस्ता रोगहरूमा मधुमेह, उच्च रक्तचाप, पक्षघात, ह्दयघात, मृगौलाको रोग उच्च स्थानमा छन् ।
    नेपालमा पनि विगत केही वर्षदेखि नसर्ने रोगहरूमा मधुमेह, मोटोपन, दम, ह्दयघात, मुटुरोग, मृगौलाको रोग आदिबाट मानिसहरू ग्रसित भइरहेका छन् । आगामी १०–११ वर्षमा नै मधुमेह रोगीको सङ्ख्या दोब्बर हुने सम्भावना धेरै नै देखिएको छ । हामी आपैंm यति धेरै व्यस्त छौं कि आप्mनोलागि समय नै छैन । केही समय निकालेर शारीरिक क्रियाकलाप, गतिविधि गर्ने, समयमा खानेकुरा खाने, नियमित चिकित्सकको परामर्श लिने फुर्सद हामीसँग छैन । समयको अभावले गर्दा हामी ताजा खानेकुरा खान सकिरहेका छैनौं । शारीरिक क्रियाकलाप पनि खासै भएको हुँदैन । हामी कामको चापले गर्दा होटेलबाट तयारी खानेकुरा मगाएर खान्छौं । डिब्बाबन्द खानेकुरा अत्यधिक नुनिलो, चिल्लो हुने भएकोले यस्ता खानाले हाम्रो शरीरमा नराम्रो असर गरिरहेको हुन्छ । अभिभावकहरूको व्यस्तताले गर्दा बालबालिकाको पोषण स्तर एकदमै खस्किंदै गइरहेको छ । हामी एकदमै बिरामी भएपछि मात्र चिकित्सककहाँ जान्छौं, जबकि कम्तीमा पनि ६/६ महीनामा चेकजाँच गराउनुपर्छ ।
    नेपालमा ३० लाख मृगौलाका बिरामीहरू छन् । त्यस्तै, मधुमेह, उच्च रक्तचापका ८० प्रतिशत रोगीको मृगौला बिर्गने गर्दछ । दुवै मृगौलाले काम गर्न छोडेपछि डाइलाइसिस गराउनुपर्छ । अहिले डाइलाइसिस गर्नुपर्ने मृगौला रोगीको सङ्ख्या दिनदिनै बढ्दै गइरहेको छ । मृगौला खराब हुनुमा विभिन्न कारणहरूमा मधुमेह, उच्च रक्तचाप, मानसिक तनाव, गलत खानपिन तथा रहनसहन, मोटोपन, दम आदि हुन् । मृगौला रोगका मुख्य लक्षणहरू–
    पिसाब फेर्दा गा¥हो हुनु, ज्वरो आउनु, पिसाब अनियन्त्रित हुनु, एकैचोटि राम्ररी नहुनु, कमजोरी हुनु, हातखुट्टा, पेट फुल्नु, पिसाब पोल्नु, दिसा लागिरहनु, सुस्त अथवा काम गर्न जाँगर नचल्नु, छाला फुस्रो हुनु, तौल घट्दै जानु, पिसाबको रङ पहेंलो हुनु, पिसाबमा रगत देखिनु आदि हुन् । तर कतिपयलाई कुनैपनि लक्षण देखा नपर्न पनि सक्छ । जसले गर्दा रोग लागेको पत्तो नै हुँदैन ।
    डाइलाइसिस गर्ने बिरामीलाई अरू बिरामीलाई जसरी नै पोषिलो खानेकुरा दिनुपर्छ किनभने डायलाइसिस गराउँदा शरीर कमजोर भएको हुन्छ । रोगी रगतको कमी, कुपोषण आदिले दुब्लाउँदै जान्छ, त्यस्तो बेलामा सन्तुलित आहारको आवश्यकता बढी पर्दछ ।
    आहारतालिका बिरामीको उमेर, तौल, काम गर्ने व्यवसाय, रुचि, शाकाहारी, मांसहारी, समुदाय, पेशा, आयआर्जन सबै हेरेर बनाउनुपर्छ । बिरामीको दिनचर्या कस्तो छ, त्यो पनि हेर्नुपर्ने हुन्छ । खानेकुरामा सोडियम, पोटासियम, फोस्फोरस आदिको मात्रा हेर्नुपर्छ ।
    कम सोडियम, पोटासियम, फोस्फोरस भएका खानेकुराहरू तल उल्लेख गरिएका छन् ।
कम सोडियम भएका खानेकुराहरू–
    ब्रोकाउली, स्याउ, स्याउको जुस, गहुँको पास्ता, आलु, सखरखण्ड, पानी सिंगडा, माछा, मासु, टुसा, अन्डा, दही, दूध, एभोकाडो, बदाम, मकै, चिया, शाकाहारी सुप, लसुन आदि हुन् ।
कम पोटासियम भएका खानेकुराहरू–
    स्याउ, स्याउको जुस, भात, हरियो सिमी, काउली, दूध (तर नभएको), चेरी, भन्टा, अङ्गुर, भुइँकटहर, सेतो च्याउ, खरबुजा आदि हुन् ।
कम फोस्फोरस भएका खानेकुराहरू–
    ताजा खानेकुरा, भात, दूध, चिजको सानो टुक्रा, फलपूmल, पाउरोटी, अन्डाको सेतो भाग, माछा, मासु आदि हुन् ।
    डाइलाइसिसका बिरामीलाई सन्तुलित आहाराको आवश्यकता पर्दछ । शरीरमा विभिन्न प्रकारका सूक्ष्म तŒवको कमी भएमा, सङ्क्रमण हुने, रगतको कमी आदि भइरहन्छ । सूक्ष्म पोषण तŒवको कमी भएमा रोगसँग लड्ने क्षमता कम हुन गई शरीर झन् कमजोर हुँदै जान्छ ।
    बिरामीले कस्ता प्रकारका झोलिलो कुराहरू सेवन गरिरहेका छन्, त्यो पनि हेर्नुपर्ने हुन्छ । साथै, खानेकुरामा अत्यधिक पोटासियमको सेवन गर्दा मुटुमा नराम्रो असर पर्न सक्छ, जसले गर्दा मृत्यु पनि हुन सक्छ ।
बिरामीसँग आहार परामर्श

    बिरामीसँग परामर्श एकदम आवश्यक छ । रोगीले समयको निकै ख्याल गर्नुपर्छ । बिरामीलाई खानेकुराको सही जानकारी छ कि छैन, कुनै प्रकारको एलर्जी छ कि छैन आदि सबै हेर्नुपर्छ । उसको रुचि, बानी, पोषण स्तर सबै बुभ्mनुपर्छ ।
    कतिपय बिरामीमा अस्पतालको शैøयामा बस्दा दिक्क मानेर खानामा रुचि नै हराएको पाइन्छ । मनमा विभिन्न प्रकारका भावना आउँदा आपूm धेरै नै बिरामी भएको महसूस गरेर झन्झन् बिरामी हुन्छन् । फेरि डाइलाइसिसका बिरामी केही घण्टामा नै घर फर्किने हुँदा राम्ररी आहार परामर्श दिनुपर्छ । तौल घट्नु, खान मन नलाग्नु, कमजोरी महसूस गर्नु, मनमा धेरै कुराहरू खेलाउनु, नकारात्मक सोचाइ आदिले गर्दा स्वास्थ्यमा नराम्रो असर परिरहेको हुन्छ । जसले गर्दा रोगीहरू परिवार, समाजबाट टाढा नै बस्ने गर्छन् । यस्तो बेलामा सकारात्मक, उत्साहजनक कुराहरू बिरामीसामु भन्नुपर्छ । खानेकुराको महŒव, सही पोषणको उपयोगिताको बारेमा जानकारी राम्रो तरीकाले गराउनुपर्छ ।
    हाम्रो शरीरमा करीब ८० प्रतिशत रोग मधुमेहको कारणले गर्दा नै हुन्छ । त्यस्तै, अनुचित खानपान, रहनसहन, व्यस्त जीवनशैलीले गर्दा रोगहरूले हाम्रो शरीरलाई नाश गरेर अकाल मृत्युको संहारमा पु¥याउने गर्दछ । त्यस्तै, मृगौला सुन्निने रोग दिनदिनै नेपालमा बढ्दै गइरहेको छ । अहिले नेपालमा करीब ३० लाख मृगौला रोगी यसबाट ग्रसित छन् ।
(लेखिका आहार तथा पोषण विशेषज्ञ हुन् । कीर्तिपुर बर्न तथा क्लेप्mट अस्पताल, नेपाल नेशनल अस्पताल, मार्क इन्टरनेशनल किडनी सेन्टर)

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us