Friday, September 13, 2019

डेंगु रोगमा आयुर्वेद उपचार

डा. रमेश मिश्र
    डेंगुलाई दण्डक ज्वर, शुलारिथ ज्वर, ब्रेकबोन फिवर, डैन्डी फिवर, हड्डीतोड ज्वर आदि नामले ठाउँ र देश अनुसार भनिन्छ ।
    डेंगु तीव्र आसुकारी र सङ्क्रामक रोग हो । यस रोगमा रोगी अत्यन्त दुर्बलताको अनुभव गर्दछ । ज्वरो बिस्तारै बढ्छ र प्रायः ८ दिनसम्म रहन्छ । यो रोग बच्चा र वृद्धहरूमा बढी लाग्ने गर्दछ तर अहिले सबै उमेरका व्यक्तिमा देखा परिरहेको छ । यो रोगमा शरीरमा दण्ड अर्थात् लाठीले हानेजस्तै पीडा हुन्छ । यस कारण यसलाई दण्डक ज्वर भनिएको हो । यस रोगमा बिस्तारै छाला रातो र साना साना चकता (विमिरा)हरू चौथो–पाँचौं दिनमा उत्पन्न हुन्छन् ।
    यो नयाँ रोग होइन । यो धेरै वर्षदेखि विश्वका धेरैजसो देश भारत, इरान, श्रीलङ्का, बङ्गलादेश, चीन, अस्टे«लिया, दक्षिण अमेरिका र पश्चिमी द्वीप समूहमा लाग्दै आएको हो । कहिलेकाहीं यसले महामारीको रूप लिन्छ ।
    डेंगुको मुख्य कारण एउटा विषाणु हो, जुन लामखुट्टेबाट एक व्यक्तिबाट अर्कोमा सर्छ । एडिज इजिप्टी नामक लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । यो रोग लागेमा ज्वरो १०२ देखि १०५ डिग्री फरेनहाइछसम्म पुग्छ । साधारण आक्रमण भएमा सय डिग्री ज्वरो रहन्छ । यस रोगमा आमवात जस्तै हातखुट्टा, पिठ्यु, जोर्नीहरू कटि प्रदेशमा पीडा हुन्छ । यो रोगमा हाडहरू बढी प्रभावित हुन्छन् । त्यस कारण यो रोग लागेमा हिंड्न गा¥हो हुन्छ । पहिले एउटा जोर्नीमा दुख्छ अनि बिस्तारै अरू जोर्नीहरूमा दुखाइ बढ्न थाल्छ । ज्वरो बढ्दै मुखमण्डल रातो हुन्छ । घाँटी खसखसाउँछ । बेचैनी आदि लक्षणहरू हुने, बान्ता हुन्छ । यो रोगमा ज्वरोको वेग बढे पनि नाडीको गति न्यून हुन्छ । यो रोग पहिचानका विशेष लक्षण हुन् ।
    ज्वरो कम भएपछि पसिना आई अतिसार हुन्छ । कहिलेकाहीं नाकबाट रगत आउँछ । आयुर्वेद अनुसार यो वात श्लेषमकप्रधान ज्वरो हो । अतः इन्प्mलुएन्जा भएजस्तो लक्षणको अनुभव हुन्छ । जुन कुरा एउटा चिकित्सक वा स्वास्थ्यकर्मीले छुट्याउन सक्छन् । किनकि इन्प्mलुएन्जामा पहिला नै प्रतिश्याय हुन्छ, जबकि डेंगुमा पहिला प्रतिश्याय हुँदैन । इन्प्mलुएन्जामा जोर्नीहरूमा बढी दुखाइ हुँदैन, जबकि डेंगुमा जोर्नीहरूमा बढी दुखाइ हुन्छ ।
    आयुर्वेद अनुसार निम्न प्रकारले डेंगु रोगको उपचार गरिन्छ ।
१. रोगीलाई एक सातासम्म शैøयामा विश्राम गर्न लगाउने । निवासस्थान सफा, स्वच्छ, मनोरम, हावादार  र आरामदेह हुनुपर्दछ ।
२. सुखोषण पानीमा तौलिया भिजाएर शरीर पुछ्नुपर्छ ।
३. मलशोधनको लागि कुटकी चूर्णको प्रयोग रोगीको अवस्था अनुसार गरिन्छ ।
४. बान्ता हुन खोज्दा ल्वाङ, सुकमेल  चपाउन दिनुपर्छ । सौंैफ हालेर उमालेको पानी पिउन दिनुपर्छ ।
५. ज्वरो शुरू भई बढ्दै जाँदा दुई–तीन दिनसम्म उष्णोदक पर्याप्त मात्रामा दिनुपर्छ । पछि फलको रस, यवको पेया र ग्लुकोज पानी रोगीको अवस्था अनुसार दिनुपर्दछ ।
६. आहारमा रुचि हुन थालेमा मुंगको युश, दूध, साबुदाना र लाजमण्ड आदि सुपाच्य आहार दिनुपर्दछ ।
७. ज्वरो बढी भएमा बरफको थैली टाउकोमा राख्नुपर्दछ ।
८. आँखामा दुखाइ भएमा बरफको टुक्रा कपडामा बेरेर आँखामाथि राख्नुपर्दछ । यसको साथै अन्य आयुर्वेदिक औषधिहरू चिकित्सकले रोगीको आवश्यकता अनुसार व्यवस्थापत्र बनाइ खाने सल्लाह दिन्छन् ।
    डेंगु रोगबाट बच्न धूपन योगी गुग्गुल, लोहवान, नीमको पातको धूपन गर्ने साथै आधुनिक लामखुट्टे धपाउने साधनहरूको प्रयोग गर्ने । यो रोग सार्ने लामखुट्टेले स्वच्छ स्थिर पानीमा पूmल पार्छ र रोग बढी पैmलाउने गर्दछ । अतः घरमा भएको गमला, पानी राख्ने भाँडो, घर छेउछाउ पानी स्थिर छ भने चलाइराख्ने साथै त्यसमा मटीतेल अलिकति राखिदिने । घरआँगन सफा राख्ने, रोगीलाई झुलभित्र सुत्न लगाउने र आपूmपनि झुलभित्र सुत्ने । बच्चाहरू स्कूल जाँदा शरीरका खुला भागहरूमा ओडोमस वा अन्य लामखुट्टेले नटोक्ने क्रिम लगाइ पठाउने ।
    यो रोग एकैचोटि हिमाल, पहाड, तराईमा कसरी पैmलियो यो अनुसन्धानको विषय हो । यसतर्पm सरकारले ध्यान दिनुपर्दछ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us