Thursday, September 12, 2019

छात्रछात्रा प्रहरीको नियन्त्रणमा

प्रस, वीरगंज, २६ भदौ/
    बिहीवार वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले २ छात्रा र १० छात्रलाई नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाएको छ ।
     वीरगंज चिनी कारखाना आवास क्षेत्रस्थित पानी ट्याङ्कीमा विद्यालय पोशाकमा रहेका दुईजना छात्रा र १० जना छात्रलाई नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाएको वप्रका श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी गराए । पानी ट्याङ्की आसपासका बासिन्दाले विद्यार्थीहरू सधैं सो स्थानमा आउने र उनीहरूको क्रियाकलापले आपूmहरूको घरपरिवारमा असर पर्नुका साथै त्यस स्थानमा कुनैपनि बेला विद्यार्थीबीच अप्रिय घटना हुनसक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए ।
    छात्रामाथि तेजाब प्रहारको घटनापछि आपूmहरूले छात्रछात्राहरूलाई विशेष  निगरानीमा राखेको सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव दिलीप प्रधानले बताए । छात्राहरूलाई जिस्काएको, पिछा गरेको वा विद्यार्थीहरू अनावश्यक स्थानमा गएको थाहा पाएमा तुरुन्त नियन्त्रणमा लिइने बताउँदै सचिव प्रधानले समस्या आए प्रहरीलाई खबर गर्न र बजार, मेला वा कुनै कार्यक्रममा निस्कन परे अभिभावकको साथमा निस्कन बालबालिकालाई उनले सुझाव दिएका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us