Friday, September 13, 2019

दुवैतिरका काङ्ग्रेस

कुमार रुपाखेती
    भारतमा भाजपाले र नेपालका कम्युनिस्टहरूले ‘काङ्ग्रेस हौं’ भन्ने दुवैतिरकालाई थिलथिलो पारेका छन् । भारतको इन्दिरा काङ्ग्रेस र नेपालको कोइरालाहरूको नेपाली काङ्ग्रेस पाकेर थिलथिलो भएको बेस्वादिलो मालदह आँपझैं भएको छ । जहाँ नेपाली काङ्ग्रेसको कुरा छ, यो पार्टी वास्तवमा नेपालकै पुरानो र धेरै थरीका क्रान्ति देखेको, भोगेको रैथाने दल हो । प्रजातन्त्रका लागि अथक सङ्घर्ष गरेको यो राजनीतिक दल आप्mनो स्थापनाकालदेखि नै आन्तरिक कलहमा फसेको देखिन्छ । छत्तीसे गुट, सुवर्ण शम्शेर र विपीबीच टकराव, गिरिजा र गणेशमानबीच छत्तीसको आँकडा, कृष्णप्रसाद भट्टराईको असन्तुष्टि, देउवा, पौडेल र सिटौलाको मतभेद आदि इत्यादि कारणहरूले गर्दा नेपाली काङ्ग्रेसको अवस्था ‘घरका भेदी लङ्का ढाए’ सरह बनेको छ ।
    गत प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणदेखि सृजित विवाद, घात–अन्तर्घातमा परिणत हुँदै अकल्पनीय पराजयमा मात्र सीमित नभई आलो घाउझैं अझैसम्म टिस मार्दैछ ।
    काङ्ग्रेसका वर्तमान हर्ताकर्ता शेरबहादुर देदउवा नबुझिने गरी लठेब्रो पाराले बोल्ने मात्र नभई पूर्वराजा ज्ञानेन्द्रका अक्षम आरोप खेपेका प्रधानमन्त्रीसमेत हुन्, जसले कुनै बखत दरबारकै इशारामा दरबार रिझाउन प्रधानमन्त्री खान काङ्ग्रेसलाई दुई प्mयाँक पारेका थिए । देउवाको ससुराली खलकको लर्कोपर्को दरबारसम्म छ । आरजुसँगको बिहेपश्चात् समाजवादी देउवामा बिस्तारै हैकमवादी प्रवृत्ति र राजसी ढाँचाकाँचा देखिन थालेको कुरा पुराना काङ्ग्रेसीहरू नै बताउँछन् । केही आलाकाँचा काङ्ग्रेसहरू अझै पनि देउवालाई ‘राजा र सरकार’ भन्दछन् रे ।
    देउवाको भाषणमा के भन्छन् भनी स्पष्ट बुझ्न अप्ठ्यारो भएपनि उनको भावभङ्गिमा हडबडाएर बोल्ने तरीकामा र रातोपिरो मुखको हाउभाउले उनले के भन्न खोजेका हुन् भनी श्रोताहरूले आपैंm अनुमान लगाउनुपर्दछ । देउवाका समर्थकहरू भने, उनको लठेब्रो बोली जन्मजात नभएको तथा तत्कालीन शासकहरूले बिचराको जिब्रोमा करेन्ट झोसिदिएकाले भकभके भएको बताउँछन् । तर वीरगंज निवासी उनका मित्र देवेन्द्रलाल नेपाली (जो अचेल शायद राजावादी छन् कि कसो)का अनुसार शेरेको बोलीचाली पहिलेदेखि नै अस्पष्ट रहेको बताउँछन् । अचेल काङ्ग्रेसमा छोटेमोटे गरेर थुप्रै समूह छन् । जरा नै कुहिएपछि रूख कहाँ सद्दे हुन्छ र ? बा¥हमासै देउवा, पौडेलहरूबीच हानाथापको अवस्था छ, जसको प्रभाव वडा–वडा र एकाइसम्म छ । वीरगंजका कतिपय काङ्ग्रेसीहरूबीच गुट–उपगुटको चल्ते संवाद नै हुँदैन । वीरगंजका कतिपय नाम चलेका काङ्ग्रेसीहरू त अचेल पार्टी कार्यालयभन्दा भारतीय महावाणिज्य दूतावासतिर रमाउन र ओहोरदोहोर गर्न रुचाउँछन् ।
    पार्टी एकताको नाममा अनेक प्रयत्न गरेपनि उपल्ला तहका नेताहरू एकै ठाउँमा आउन सकेका छैनन् । भालूलाई पुराण सुनाउनु र काङ्ग्रेस नेताहरूको मन मिलाउनु उस्तैउस्तै कुरा हो रे । अहिले त झन् काङ्ग्रेसमा युवाहरूले बूढापाका नेताहरूले संन्यास लिनुपर्ने धारणा राख्न थालेका छन् भने युवाको जोश, जाँगर र हाम्रो अनुभव मिलाएर नेतृत्व गर्नुपर्छ भन्ने रामचन्द्र पौडेल स्तरकाहरूले फलाक्न थालेका छन् ।
    विरासतमा कुर्सी पाइँदैन भन्ने काङ्ग्रेसमा देखिंदैन । नेपालको समथर भूमि तराईमैं हेर्नुस्– मधेस आन्दोलनमा गोली खानेका घरका कुन चाहिं सदस्य सांसद र विधायक छन् ? मधेसमा थुप्रै भुइँफुट्टाहरूले पद पड्काए, मधेसको शहीद परिवार त दया गरेर कतैकतै विरलै तल्लो तहमा जागीरमा भेटिन्छन् । यहाँ त शहीदको भैंसीसम्म मन्त्रीले डो¥याउँछन् ।
    एकताका काङ्ग्रेसले मधेसलाई आप्mनो गढ ठान्थ्यो, काठमाडौंलाई गणेशमानको लौरोले जित्छ भन्थ्यो । खोई गढ र लौरो कता हरायो । त्यसो त विवाद नभएको यहाँ पार्टी नै छैन । नेकपालाई हेर्नुस्, हिमतालझैं अहिले फुट्ला, भरे फुट्लाझैं छ तर सत्तामा छ र भुइँमा न भाँडामा छ ।
    काङ्ग्रेस त न सत्तामा छ, न जनतामैं भिज्न सकेको छ । आन्तरिक कलहले लखतरान छ, जनविश्वास खस्कँदो छ । यस्तो अवस्थाबाट पार पाउन देउवाले कि राहुल गाँधीझैं पार्टी सभापतिको पद त्याग्नु अथवा फेरि अर्को झनै कुरूप पराजयलाई बेहोर्नुप¥यो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us