Friday, September 13, 2019

बच्चा चोरीको अफवाह

प्रस, रौतहट, २७ भदौ/
    विगत केही दिनयता रौतहट जिल्लाका केही स्थानहरूमा बच्चा चोरी, अपहरण गर्ने समूह प्रवेश गरेको र बच्चा चोर्ने प्रयास भइरहेको भन्ने विनाआधार र विनातथ्यको भ्रामक अफवाह पैmलिएकोमा जिल्ला प्रहरी कार्यालय रौतहटले ध्यानाकर्षण भएको जनाएको छ । यस प्रकारको अफवाहले केही वर्षअघि पनि थुप्रै निर्दोष व्यक्ति पीडित बन्नुपरेको घटना पुनः स्मरण गर्दै अत्यन्त सचेत रहन जरुरी देखिन्छ भनी जिप्रकाले जनाएको छ । प्रहरीलाई यस खालको सूचना आउनेक्रम बढ्दो रहेको र घटनास्थल भनिएको स्थानमा पुग्दा कहिले उखुबारीमा लुकेको, कहिले कता भाग्यो भन्ने जस्ता तथ्यहीन भ्रामक कुरा प्राप्त हुने गरेको छ । यस प्रकारको अफवाह केही उदण्ड समूहले समाजमा डर पैदा गर्ने अभिप्रायले पैmलाएको हुन सक्ने हुँदा रौतहटवासी नागरिकलाई सचेत रहन आग्रह गरेको छ । यस खालका अफवाहले समाजमा शान्ति खलल हुनका साथै अप्रिय घटनासमेत घट्ने सम्भावना हुने हुँदा यस खालका भ्रमको पछि नपर्न सबैलाई जिप्रका रौतहटले सुझाव दिएको छ । विनाआधार यस प्रकारका अफवाह प्रचार गर्ने व्यक्ति वा समूहलाई कानूनबमोजिम कारबाही गर्नेसमेत जिप्रका रौतहटले जनाएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us