Friday, September 13, 2019

पशुबलि रोक्नुपर्छ –पूर्वमन्त्री पासवान

रवीन्द्रप्रसाद साह, कलैया, २७ भदौ/
    पूर्वमन्त्री कलावती पासवानले पशुबलि रोक्नुपर्ने बताएकी छन् ।
    गढीमाई मन्दिरलगायत नेपालका धार्मिकस्थलहरूमा हुने पशुबलि बन्द गर्नका लागि आयोजित सचेतना कार्यक्रममा मन्त्री पासवानले सो कुरा बताएकी हुन् ।
    पशु कल्याण सङ्घ नेपालको सहयोग र बारा महिला विकास मञ्चले कलैया–१४ मा शुक्रवार गरेको सचेतना कार्यक्रममा अधिकांश वक्ताहरूले पशुबलि रोक्नुपर्नेमा जोड दिए । प्रधानाध्यापक सम्पत साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मौजीलाल साह, शिवनाथ राउत, राजेन्द्र साह, बिहारी सहनी, विश्वनाथ राउत, माधवप्रसाद यादव, बैजु पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रमको सञ्चालन किशोरीलाल किस्मत बाबाले र स्वागत विद्यालयकी शिक्षिका सविताकुमारी साहले गरेकी थिइन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us