प्रस, वीरगंज, २७ भदौ/
शुक्रवारदेखि वीरगंजमा रोजगार पसल सञ्चालनमा आएको छ । नयाँ बसपार्कनिर कार्यालय स्थापना गरी सञ्चालनमा आएको पसलको मुख्यमन्त्री लालबाबू राउत गद्दीले उद्घाटन गरेका हुन् ।
प्रदेश नं २ का ८ जिल्लामा रोजगार अभिवृद्धि गर्न र रोजगारदातालाई दक्ष जनशक्ति आपूर्ति गर्न रोजगारी सर्भिसेस प्रालिद्वारा ५औं शाखाको रूपमा वीरगंजमा कार्यालय सञ्चालनमा ल्याएको जनाइएको छ ।
युकेएड, गैरसरकारी संस्था सीप र रोजगारी सर्भिसेस प्रालिको संयुक्त प्रयासमा आगामी दिनमा २५ हजारजनालाई रोजगार उपलब्ध गराउने प्रदेश सरकारको नीति रहेको मुख्यमन्त्री गद्दीले बताए । प्रदेश २ का जनशक्ति विदेश पलायन नभएर आप्mनै देशमा केही गर्नुपर्ने वातावरण बन्न लागेको मुख्यमन्त्री गद्दीले बताए ।
कार्यक्रममा प्रदेश २ का नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झा, रोजगार अभिवृद्धि योजनाका संयोजक मनीष झा, समाजवादी पार्टीका कार्यवाहक अध्यक्ष रामनरेश यादव, सो पार्टी बाराका अध्यक्ष रामबाबू यादव, रोजगारी सर्भिसेस प्रालिका क्षेत्रीय प्रबन्धक साबिर अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । रोजगारी पसल सञ्चालक संस्थाका अध्यक्ष शैलेन्द्र गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
0 comments: