Friday, September 13, 2019

पतिको कुटाइबाट रञ्जु र छोरा घाइते

विमला गुप्ता, वीरगंज, २७ भदौ/
    पतिको कुटाइबाट वीरगंज, रानीघाट निवासी रञ्जु देवी घाइते भई अस्पताल भर्ना भएकी छन् ।
    वीरगंज–९ जिल्ला प्रशासन कार्यालयनजीक रहेको घरमा पति गोविन्दप्रसाद साहले पत्नी रञ्जुलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । अस्पतालमा भर्ना भएकी रञ्जुले चार वर्षीय छोरालाई पतिले अनावश्यक कुटपिट गरिरहेको बेला उसको बचाऊ गर्न खोज्दा आपूmलाई सासू–ससुरा र पति मिलेर कुटपिट गरेको बताइन् । छोरा र आपूmलाई कुटपिट गरेर घाइते पारेपछि माइती पक्षलाई खबर गरेको उनले बताइन् ।
    बहिनी र भान्जालाई घाइते पारेको खबर पाएपछि रञ्जुका दाइ मनोज प्रसादले अस्पपाल भर्ना गराएका थिए । आमा, छोरा अहिले अस्पतालमा भर्ना छन् । रञ्जुका १३ वर्षीय र ४ वर्षीय दुई छोरा छन् । विवाहको पाँच वर्षपछि पति र सासू–ससुराबाट विभिन्न बहानामा घरेलु यातना झेल्दै आएको रञ्जुले बताइन् । रञ्जुका दाइ मनोजले पनि बहिनीमाथि भएको यातनाको पुष्टि गरे ।
    यातनाको एउटै कारण दाइजो भएको उनीहरूको आरोप छ । विभिन्न चरणमा बहिनीलाई यातना दिएको घटनापछि पनि सामाजिकरूपमा प्रतिष्ठा जाने भयले आपूmले बहिनीलाई पतिको घर पठाउँदै आएको दाजु मनोजले बताए । यसपटक हदैसम्मको यातना दिएकोले बाध्य भएर सार्वजनिकरूपमा मुख खोल्नुपरेको उनले बताए ।
    रञ्जुको माइत कलैया, शीतलपुर हो । १६ वर्षअगाडि बहिनीको बिहेमा रु अढाई लाख दाइजो दिएको दाजु मनोजले बताए । त्यसपछि दाइजो कम भयो भनेर गुनासाहरू आइरहेको तथा रञ्जुलाई यातना दिने कार्य पनि भइरहेको माइती पक्षको आरोप छ ।
    जिप्रका, पर्साका प्रवक्ता अनन्तराम शर्माले घटना सार्वजनिक भएपछि यसबारेमा अनुसन्धान भइरहेको बताए । 

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us