Friday, September 13, 2019

नागरिक–सैनिक अन्तक्र्रिया कार्यक्रम

प्रस, रौतहट, २७ भदौ/
    नेपाली सेनाद्वारा आयोजित नागरिक–सैनिक अन्तत्र्रिmया कार्यक्रम– २०७६ शुक्रवार जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न भएको छ ।
    कार्यक्रममा नागरिक समाजका अगुवा, सञ्चारकर्मीहरूको सहभागिता  थियो ।
    कार्यक्रममा सेनाले गरेका राम्रो कार्यप्रति धन्यवाद दिंदै नकारात्मक कार्यप्रति सजग रहन नागरिक समाज तथा सञ्चारकर्मीले सुझाव दिएका थिए । महासेनानी ईश्वरकुमार श्रेष्ठले आएका सुझावको सराहना गर्दै आगामी दिनमा सुझावप्रति ध्यान दिने बताए ।
    गौर नगर पालिकामा रहेको बरहवा खोलामा ३ करोड रुपैयाँ खर्च गरी सेनाले बनाएको संरचना भत्कँदै जाँदा सरकारले गरेको लगानी खेर गएको आरोप कार्यक्रममा लगाइएको थियो । सेनालाई समानुपातिक तथा समावेशी बनाउन पनि सुझाव दिइएको थियो । मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनमा सेनालाई प्रयोग गरी जनतालाई भयभीत बनाउने कार्यप्रति सचेत रहन आग्रह गरिएको थियो ।
    कार्यक्रममा नागरिक समाजका अध्यक्ष जगन्नाथप्रसाद केशरी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष रवीन्द्रप्रसाद साह, ज्येष्ठ नागरिक सङ्घका विजयकिशोर झा, लक्ष्मीनारायण पाण्डे, सञ्चारकर्मी फणी महत, प्रभात झालगायतले सुझाव दिएका थिए । कार्यक्रममा सेनाले लघु चलचित्र प्रदर्शनी गरेको थियो । कार्यक्रममा सेनाका विभिन्न दर्जाका पदाधिकारीहरू उपस्थित थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us