Saturday, September 14, 2019

पटेर्वासुगौलीको स्वास्थ्य चौकीमा सेवा विस्तार

प्रमोद यादव, पचगावाँ, २८ भदौ/    पटेर्वासुगौली गाउँपालिका–२ गादी स्वास्थ्य चौकीले आप्mनो सेवा विस्तार गर्दैछ । एम्बुलेन्स सेवासहित अहिले स्वास्थ्य चौकीमा प्रयोगशालासमेतको व्यवस्था गरेपछि बिरामीहरू लाभान्वित भइरहेका छन् ।
    डिजिटल प्रविधिबाट प्रयोगशाला सञ्चालन भएपछि वीरगंज धाउनुपर्ने झन्झट हटेको छ । स्थानीय सुलेमान मियाँ दर्जीले स्वास्थ्य चौकीको भवन निर्माण भएपछि सेवा विस्तार गरेकोमा खुशी व्यक्त गरे । उनले सामान्य परीक्षणका लागि वीरगंज धाउनुपर्ने अवस्थाबाट मुक्ति पाएको बताए । यसअघि स्वास्थ्य चौकीको भवन निर्माण नहुँदा वडा कार्यालयको भवन प्रयोगमा थियो । प्रसूतिसहितको स्वास्थ्य सेवा प्रदान गर्न वडा कार्यालयको भवन अपर्याप्त भएकोले नयाँ भवनको निर्माण गरिएको हो ।
    नयाँ भवनमा डिजिटल प्रविधि जडान गरी प्रयोगशालाबाट भाइरल ज्वरो, मधुमेह, मिर्गौला, युरिक एसिड, कलेजो, कोलेस्ट्रोल, जन्डिस, हेपाटाइटिस, हेमोग्लोबिन, दिसापिसाब, खकारलगायत ३७ प्रकारका परीक्षण हुने प्रयोगशाला सहायक इन्द्रजीत गौरोले बताए ।
    उनले प्राविधिक काम बाँकी भएकोले एक हप्ताभित्र डिजिटल एक्सरे पनि सञ्चालनमा आउने बताए । वडाध्यक्ष्F विजय गौरोले स्वास्थ्य चौकीमा करारमा चिकित्सक बहाल गरेर सेवावृद्धि गर्दा स्थानीय धेरै लाभान्वित भएको बताए । गर्भवतीलाई स्वास्थ्य चौकीसम्म ल्याउने र सरकारीस्तरको सेवासुविधा प्रदान गरी पुनः घरसम्म पु¥याउने कार्य एम्बुलेन्सबाट गर्दै आएको पनि जानकारी गराए ।
    स्वास्थ्य चौकीको प्रयोगशालामा दैनिक ३० जनाको हाराहारीमा बिरामीहरू आउने गरेका छन् ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us