Friday, September 13, 2019

क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र

प्रस, वीरगंज, २७ भदौ/
    नेपाल विद्यार्थी सङ्घ जिल्ला क्षेत्रीय कार्यालय पर्साले शुक्रवार ठाकुर राम बहुमुखी क्याम्पसका प्रमुख डा प्रमोद कुशवाहालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
    सङ्घका सभापति मनोजकुमार साहले शुक्रवार ज्ञापन बुझाउँदै चार वर्षे बिएडका विद्यार्थीसँग क्याम्पस प्रशासनले विनानिर्णय रु १५ सय प्रयोगात्मक परीक्ष्Fा लिएबापत लिएकोमा सो फिर्ता गर्न माग गरेका थिए । उनले यसअघि बुझाएको ज्ञापनमा क्याम्पस प्रशासनले अध्ययन समिति बनाएको र १० दिनभित्र समाधान गर्ने आश्वासन दिएकोमा केही पनि नभएको भन्दै खेद व्यक्त गरे ।
    सभापति साहले ४८ दिनअघि स्टोर, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र शिक्षा महाशाखामा गरिएको तालाबन्दीमध्ये आज स्टोर शाखाको ताला खोलेको बताए । विद्यार्थीहरूको भर्ना कार्य प्रभावित नहोस् भनेर आप्mना मागहरूलाई जीवित राख्दै स्टोरको मात्रै ताला खोलेको सभापति साहले बताए । उनले समस्याको समाधान अविलम्ब नभए कडा कदम चाल्ने चेतावनी दिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us