Friday, September 13, 2019

७० जना छात्रालाई साइकल वितरण

प्रस, परवानीपुर, २७ भदौ/
    ‘बेटी पढाई, बेटी बचाई’ अभियान अन्तर्गत शुक्रवार मुख्यमन्त्री लालबाबू राउत गद्दीले वीरगंज महानगर–१७ स्थित द्वारदेवी मावि अलौंका ७० जना छात्रालाई साइकल वितरण गरेका छन् ।
    विद्यालयका प्रअ राजु मालीको अध्यक्षतामा सम्पन्न साइकल वितरण कार्यक्रममा प्रदेश सदस्य करिमा बेगम, समाजवादी पार्टीका कावा अध्यक्ष रामनरेश यादव, वडाध्यक्ष सुकरानी देवी, विश्वराज कुर्मी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरेराम पटेललगायतको सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us