Friday, September 13, 2019

मान्छेसित भेट

सञ्जय मित्र
    जङ्गलमा एउटा सिंह बस्थ्यो । जङ्गलको राजा उही सिंह नै थियो । त्यस सिंहदेखि जङ्गलका सारा जानवरहरू डराउँथे । उसको डर यति भयानक थियो कि उसको अगाडि कोही पनि पर्न चाहँदैनथे । उसका सल्लाहकारहरूदेखि लिएर मन्त्री तथा आफन्तहरूसमेत उसको डरले साँचो कुरो भन्न पनि डराउँथे । कुनै पनि कुरा कसरी सुनाउँदा राजालाई खुशी लाग्छ, त्यसैगरी सबैले मिलाएर कुरो गर्थे ।
    राजाको आसपास रहनेहरूले कुराकानी गरेको कहिलेकाहीं राजाले पनि सुन्थे– मान्छे यस्तो हुन्छ, मान्छे उस्तो हुन्छ । मान्छेले यति गर्न सक्छ, मान्छेले उति गर्न सक्छ । बलले भन्दा बुद्धिले काम लिन्छ । जीउमा जति मासु हुँदैन, त्योभन्दा बढी बुद्धि हुन्छ । मान्छेले जस्तोसुकै कठिन कामलाई सजिलै फत्ते गर्न सक्छ आदि इत्यादि ।
    एक दिन राजाको मनमा पनि लाग्यो कि मान्छेलाई भेट्थें । मान्छेलाई देखेर मान्छेको विषयमा आपैंm बुभ्mथें । आप्mनो मनसाय प्रकट गर्थें । सबैले बुझेका थिए कि यदि मान्छेको बारेमा केही भन्यो या अलिकति पनि व्यवहार मिलेन भने जे सजाय हुन्छ, त्यसबाट बचाउने कोही हुँदैन । यसैले राजाको छेउछाउमा रहेकाहरूमध्ये कसैले पनि राजाको मनसाय पूरा गराउने तत्परता देखाएनन् ।
    राजा जङ्गलतिर निस्के मान्छेको खोजीमा । सबैभन्दा पहिले एउटा हात्तीलाई भेट्टाए । हात्तीतिर हेर्दै सिंहले सोध्यो– “तिमीले मान्छेलाई देख्या छौ ? मान्छे कस्तो हुन्छ ?”
    हात्तीले सानै स्वरमा अमनले जवाफ फर्कायो– “हो, एकचोटि एकजना मान्छेसित मेरो भेट भएको थियो, मकैको खेतमा । एक हातको त हुन्छ मान्छे तर एकैमारमा मैले भोकै भाग्नुप¥यो, मकैको खेतबाट ज्यान जोगाएर ।”
    हात्तीको बोली सुनेर सिंहको मनमा अलिकति निराशा छायो । अगाडिको बाटो लाग्यो सिंह । केही पर पुगेपछि एउटा गैंडा भेटियो । गैंडा घाँस चर्दै थियो । उससित सिंहले सोध्यो– “ए भाइ, तिमीले कुनै मान्छेलाई देखेका छौ ? म कुनै मान्छेलाई भेट्न चाहन्छु ।”
    घाँस चर्दै गरेको गैंडाले मुख नउठाईकन बोल्यो– “संसारको कुनै पनि जीवदेखि मलाई डर लाग्दैन तर जब मान्छेलाई देख्छु, तब मनमनै तर्सन्छु । मान्छेलाई देख्नेबित्तिकै म आप्mनो बाटो बदलेर हिंड्छु ।”
    सिंहलाई त्यसपछि केही सोध्न मन लागेन । थप केही नसोधीकनै ऊ अगाडि बढ्यो । केही परसम्म हिंडेपछि सिंहको नजर एउटा हरिणमाथि प¥यो । हरिणतिर पाइलो बढाउन खोज्दा हरिणले कान ठाडो पारेर भाग्न खोज्यो तर ठीक त्यसैबेला सिंहले भन्यो– “ए हरिण भाइ, भगवान् कसम । म तिमीलाई केही पनि गर्दिनँ । तिमीसित एउटा कुरो सोध्नु छ । तिमी जहाँ छौ, त्यहीबाट भन त, मान्छे कहाँ भेटिन्छ ?”
    त्यहीबाट हरिणले भन्यो– “मान्छेसित मेरो भेट भइरहन्छ । मेरो सम्पूर्ण परिवारलाई त मान्छेले मारेर खाइसकेको छ । मान्छेको दुईटा हात र दुईटै खुट्टा हुन्छ तर हामीजस्तो जनावरलाई देख्यो कि मार्न कुदिहाल्छ । मान्छेलाई देख्नेबित्तिकै हामी ज्यान जोगाउन भाग्छौं ।”
    सिंहको कानमा यति कुरो के परेको थियो, हरिण बेपत्ता भइसकेको थियो । फेरि सिंह चिन्तामा प¥यो र मनमनै सोच्न थाल्यो कि जसलाई मान्छेको बारेमा सोधिरॉछु सबैले मलाई तर्साइरहेकै छन् । जसले जे भने पनि म मान्छेलाई भेटेरै छाड्छु । आज जता पाइन्छ मान्छे, त्यता गएर म मान्छेलाई भेट्छु नै । मान्छेसित भेट नगरीकन छाड्दिनँ ।
    सिंह धेरै घमन्डी थियो । जङ्गलमा आपूmभन्दा ठूलो र बलियो कोही छैन भन्ने उसको मनमा परेको थियो । तर मनमा केही डरका साथै ऊ मनमा घमन्ड लिएर मान्छेको खोजीमा अगाडि बढ्यो । केही पर जङ्गलमा हिंडेपछि कतैबाट उसले अनौठो आवाज आइरहेको सुन्यो । डुल्दाडुल्दा त्यत्तिकै भोक लागिसकेको थियो । स¥याकसुरुक्क आवाज आइरहेको सुनेर उसलाई कुनै आहारा पाइएलाजस्तो मनमा भयो । शिकारको आशमा अगाडि बढाइरहेका पाइलाहरूसँगै उसले केही पर एउटा अनौठो दृश्य देख्यो । सिंहलाई आप्mनो आँखामाथि विश्वास लागेन । एउटा रूखलाई आरनले दुईजनाले काटिरहेका छन् र एकजनाले बन्चरोलाई ढुङ्गामा तिख्याइरहेको थियो । सिंह बिस्तारै नजीक जान थाल्यो । एकजनाको आँखा सिंहमाथि प¥यो । सिंहलाई देखेर डराएर तीनैजना भाग्ने दाउ गर्न खोजेको थियो तर सिंहले भन्यो– “तिमीहरू न भाग । म तिमीहरूलाई केही गर्दिनँ ।”
    एकजनाले भन्यो– “हामीले जनावरको कुरामाथि कसरी विश्वास गर्ने ?”
    तिमीहरूलाई जसरी विश्वास हुन्छ, त्यसै गर तर मेरो एउटा कुरो भने मान्नुपर्छ ।
    कस्तो कुरो ?
    तिमीहरूले मान्छे देख्या छौ ?
    तीनैजना अलमलमा परे । तीनैजनाले सिंहलाई भने– “हामी मान्छेलाई खोजेर ल्याइदिन सक्छौं तर तिमीलाई केही समय यही बाँधेर राख्छौं ।”
    “मान्छेसित भेट गराउने भए त केही समय मलाई बाँधेर राखिछोड ।”
    तीनैजना मिलेर सिंहलाई बाँधे । सिंहलाई एउटा डोरीले बाँधी तीनैजना भागे ।
    फेरि किन फर्केर आउँथे तिनीहरू ।
    केही बेरपछि त्यही हरिण डुल्दैडुल्दै आयो । उसले सिंहलाई डोरीले बाँधेको देख्यो, त्यहाँ आधा चिरेको काठ र बन्चरो पनि तिख्याउँदै गरेको अवस्थामा । सोध्यो– “के हो सिंह दादा १ कसले तिम्रो यस्तो हालत ग¥यो हँ ?”
    सिंहले भन्यो– “मैले चिनेको जनावर थिएन । मलाई बाँधेर गयो तर अहिलेसम्म फर्केर आएन ।”
    हरिणले भन्यो– “त्यैं नै हो मान्छे । अब बुभ्mयौ मान्छे कति बाठो हुन्छ । मान्छेसित भेट भयो अब ?”
    सिंह पछुताउन थाल्यो  ।
(मित्रनगर, गरुडा नगरपालिका–१, रौतहट)

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us