Friday, September 13, 2019

सामान पक्राउको विरोधमा व्यापारीद्वारा बजार बन्द गरी प्रदर्शन

प्रस, वीरगंज, २७ भदौ/
    भिस्वाका व्यापारीहरूले छिपहरमाई गाउँपालिकामा शुक्रवार दिनभरि प्रदर्शन गरेका छन् ।
    हिजो राति व्यापारिक प्रयोजनका लागि वीरगंजबाट छोहडा, मरिचलगायका सामान टेलरमा लोड रहेको अवस्थामा प्रहरीले पोखरियाबाट टेलरलाई नियन्त्रणमा लिएको थियो । सो घटनाको विरोधमा व्यापारीहरूले आज बिहान तीन घण्टा गाउँपालिकाको कार्यालय घेराउ गरेका थिए । घेराउपछि व्यापारीहरूले दिनभरि बजार बन्द गरेर प्रदर्शन गरेका थिए । उनीहरूले आवश्यक कागजात भएको अवस्थामा प्रहरीले सामान समात्नु न्यायोचित नभएको बताएका छन् ।
    पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले कागजात नभएकोले आवश्यक कारबाईको लागि आन्तरिक राजस्व कार्यालय वीरगंज पठाइएको बताएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us