Friday, September 13, 2019

करोडौं रुपैयाँ ठगी गरेका सापकोटा पक्राउ

प्रस, वीरगंज, २७ भदौ/
    स्पीड मेन पावर कम्पनी काठमाडौंका म्यानेजिङ डाइरेक्टर तारानाथ सापकोटालाई बारा प्रहरीले पक्राउ गरेको छ । निजगढ घरबाट हिजो बारा प्रहरीले सापकोटालाई पक्राउ गरेको हो ।
    सापकोटाले काठमाडौंमा सञ्चालन गरेको स्पीड मेन पावर कम्पनीको माध्यमबाट विदेश पठाइदिने भनी करोडौं रुपैयाँ असुल गरेर फरार भएको उजूरीको आधारमा इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरेको थियो । करोडौं रुपैयाँ लिएर फरार सापकोटा पक्राउ पर्नुअघि भारतमा बस्दै आएका थिए ।
    घर निजगढमा आएर बसेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us