Friday, August 2, 2019

पराग

सञ्जय मित्र
    एकजना अग्रजले भन्दै थिए– आजभोलिका परागहरूले गर्दा दिमाग खराब भइहालेको छ ।
    इमानदारीपूर्वक भन्नुपर्दा म भर्खर राँचीबाट फर्केको मान्छे । राँचीमा पागलहरूको अस्पताल छ भन्ने सुनेको थिएँ । राँची पुग्दा त्यहाँको अन्तर्राष्ट्रिय स्टेडियम हेर्नेबाहेक पागलखानामा जाने कोही साथी नभएकाले त्यो अस्पताल हेर्न पाइनँ । तैपनि अमेरिका पुगेर कोही आएको मानिसले आप्mनो परिचयमा ‘अमेरिका रिटर्न म्यान’ भनेर गर्वोक्ति दिंदा इज्जत बढेभैंm ‘राँची रिटर्न’ भन्न पाउनुपर्छ मैले ।
    ती अग्रजका पूरा कुरा मैले सुन्न पाएको थिइनँ । त्यहाँ हुने जत्तिले ज्ञानी बालकले बुझेजस्तै गरी ‘होमा हो’ टाउको हल्लाइरहेका थिए । म पनि यो गफगाफमा सहभागी हुन चाहन्थें तर कुरोको भेउ न छेउ थाहा पाएर त्यसै कुहिरोको काग बनिरहेको थिएँ ।
    सबैको हातमा बिहानको चिया थियो । अधिकांशको हातमा आजैको अखबारको पाना । यस कारण चुपचाप सबैजना अन्तर्संवादमा मग्न थिए । एकजना चियाको साटो पराग खाइरहेका थिए । मलाई लाग्यो– आजभोलि धेरै कम्पनीले पराग निकालेका छन् होला, कुनैको स्वाद पहिलेजस्तो छैन होला । फेरि परागहरूले भनेका छन् । परागजस्तै हुने अरू तामझामका वस्तुहरूप्रति व्यङ्ग्य होला । अग्रज महोदय अलि धेरै सेवन गर्दा हुन् र दिमागमा असर गरेको भ्रम परेको होला ।
    मेरो नजरमा अग्रजप्रतिको सम्मानभाव बढ्यो । मैले पहिलेदेखि सुन्दै आएको छु कि कुनै पनि पागलले आपूmलाई कहिल्यै पनि पागल भन्दैन । यिनले ठूलाठूला भाषाविद् र साहित्यकारहरूका बीचमा स्वीकार गरेका छन्– दिमाग खराब भइहालेको छ । यिनी दुर्लभ इमानदार हुन्, जो आपूmलाई यसरी पागल भनेका छन् । उपस्थित सबै साना–ठूलाले चिया र अखबारको कारणले चुपो लागेको होइन, पागलले आपूmलाई पागल भनेकाले सहानुभूति दर्शाउँदै केही बोल्न नसकेका हुन् ।
    लालबुझक्कडभैंm कुरोको चुरो फेला पारेपछि पराग खाने अग्रजलाई अलि सचेत गराउँदै भनें– जब उहाँले सबैका अगाडि नै आजभोलिका परागहरूले गर्दा दिमाग खराब भइहालेको छ भनेर इमानदारीपूर्वक बताउनुभएको छ भने झन् तपाईंले उहाँकै अगाडि यसरी पराग खानु उचित हुन्छ ?
    मेरो कुरोले लाफिङ ग्याँसको काम गरेछ । हाँस्दाहाँस्दै कसैले अखबार च्याते, कसैले चिया पोखे । कसैलाई सक्र्यो तर अग्रज महोदयले आँखा अलि रातो पारे र सहानुभूतिपूर्वक हाँस्दै मलाई भने– यो अर्को पागल थपियो । अर्कोले थपिदियो– हो, खुस्केकै हो । कसैले भनिदियो– यसको एउटा तार प्mयुज भएछ । मति फिरेको मान्छे यस्तै हुन्छ, आदि ।
    एकजनाले अलि गम्भीर पाराले मलाई सम्झाउँदै भने– सङ्गीतका अनेक राग हुन्छन् । ती रागमध्ये एक चाहिं पराग हो । म त निहुरिमुन्टी न गरेरै सकारात्मक टाउको के हल्लाएको थिएँ, फेरि हाँसोको पर्रा फुट्यो ।
    अनि मलाई लाग्यो– आपैंmलाई यसरी सार्वजनिकरूपमैं दिमाग खराब भएको भनी शोकको स्वरमा घोषणा गर्नेले तत्कालै अरूलाई पागल भन्दा पनि सबैले पत्याइदिन्छन् । उनको दिमाग खराब भइसकेको कुरो पत्याऊँ कि मलाई पागल भनेको सत्य ठानूँ ? तर मेरो अलमल धेरैबेर टिक्न पाएन ।
    साहित्कारज्यूलाई रिस छ के । अन्तिम समयमा उहाँको नाम पराग्यको लिस्टबाट झिकियो । उहाँ देशको एत्रो ठूलो साहित्कार हो तर पराग्य बन्न पाउनुभॉको छैन । हामी सबैलाई लागेको छ– उहाँको प्रतिभाको कदर भएको छैन ।
    अग्रजको मोबाइलले नब्बेको दशकको हिन्दी गीत बजायो । फोन आएको रहेछ । अनुहारमा चमक ल्याउँदै रिसिभ गरेर– हेल्लो, प्रतिभा बेटा । के छ हालखबर ?
    चिया, अखबार, साहित्यिक कार्यक्रम, रात कसरी कटेको सबै जाहेर हुन्छ । उताको खासै सुनिंदैन तर पानी पिएको, औषधि खाएको, ट्वाइलेट राम्रो नभएको, राति निद्रा अलि कमै लागेको जति सबै गन्थन ध्यानपूर्वक सबैले सुनिरहेका हुन्छन्, कक्षामा अध्यापकले बोल्दा रुचिकारक लागेर शिक्षार्थी शान्त भएजस्तै ।
    मोबाइललाई खल्तीमा कोच्दै गर्दा अग्रजको मुखबाट निस्कन्छ– यस्तै हो, घरबाट बाहिर निस्क्यो कि सबै जानकारी नभई हुँदैन ।
    साहित्यकार महोदयको प्रतिभाको विषयमा सम्झाउने महाशयसित मैले साउती गर्न गर्न खोजें– भर्खर उहाँले आपैंmले प्रतिभालाई फोनमा त्यत्ति कदर गरेको हो । जब उहाँले आप्mनो प्रतिभालाई त्यत्ति कदर गर्नुहुन्छ, उहाँको प्रतिभालाई म पनि कदर गर्छु...।
    बीचैमा मेरो कुरालाई काट्दै– प्रतिभा उहाँको छोरीको नाम हो के ?
    अनि छोरीको कदर खोज्नुभएको हो ?
    होइन ?
    किन, उहाँ छोरीको कदर गर्नुहुन्न ?
    होइन, त्यो कुरो होइन त । उहाँको वास्तविक प्रतिभाको कुरा ?
    अनि छोरी चाहिं उहाँको वास्तविक होइन ?
    हत्तेरिका । उहाँ ठूलो साहित्यकार हुनुहुन्छ । उहाँजस्तो मान्छेलाई पराग्य बनाउनुपथ्र्यो । उहाँको स्थान परग्यामा हुनुपथ्र्यो । परग्यामा जाने कतिपय कतिपय मानिस त साहित्यकारै होइनन् ।
    अहिले बल्ल म प्रतिभाको कदरको कुरो बुभ्mछु । अरूले सुन्ने गरी मैले अघिको साउती गरेको भएँ गोदाइ खान बेर लाग्दैनथ्यो । अलिअलि समाचार त सुन्ने गर्छु । केही महीनादेखि साहित्यिक कार्यक्रममा पुग्छु पनि । अलिकति मलाई पनि कोही पराग्यसित भेट गर्न मन लाग्छ ।
    पराग्यसित मेरो भेट भएको छैन । पराग्य भनेको अभैm पनि धेरै जान्ने हुनुपर्छ तर अग्रज महोदयले पराग्यलाई पराग भनेकोमा मेरो चित्त दुखाइ छ । विमति छ । जब अग्रज साहित्यकारले नै परागलाई हेप्ने र पराग्यको कदर नगर्ने हो भने अग्रजको इज्जत कसले गर्ने ? मनका यी भावनालाई म व्यक्त गर्न सक्दिनँ । तर परागले दिमाग खराब गरेको कुरामा मेरो असहमति छ ।
    आजको साहित्यिक कार्यक्रमको अतिथि एकजना पराग्य पनि छन् । आपूmलाई पराग्यभन्दा ठूलो मान्ने अग्रज र पराग्य दुवैको कुरो सबैले सुन्ने मौका पाउनेछन् ।
    उडन खटोलामा आएका थिए पराग्य र त्यसैमा फर्केर गए कार्यक्रम सकिएपछि ।
    साँझ फेरि उही टोलीको गफ शुरू हुन्छ । रात्रिबसमा बिदाइ हुनु थियो । अग्रज साहित्यकारले अब बोलेको कुरो मलाई बकबक लाग्न थाल्यो ।
    उनले बोले– पराग्यभन्दा पराग राम्रो भन्ने विषयको पक्ष र विपक्षमा वादविवाद प्रतियोगिता गराउनु आवश्यक छ । अब राष्ट्रव्यापी वादविवाद प्रतियोगिता गराउँदा परागको पक्ष नै बलियो भएर आउँछ ।
    एकजनाले प्याच्च बोलिहाले– फेरि दिमाग खराब होला नि ?
    नबोली रहन नसक्ने मेरो मुखबाट फुत्किहाल्यो– दिमाग खराब हुने जतिलाई राँचीले स्वागत गर्दछ । मैले देखेको छु, राँचीको बाटो ।
    सबैजना एकसाथ मेरो अनुहारतिर आँखा तरेर हेर्न थाल्छन्, लाटोले केरा हेरेजस्तै ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us