Wednesday, August 14, 2019

बकरिदको अवसरमा चार महिलासहित ५९ जनाद्वारा रक्तदान

नरेश यादव, पर्सागढी, २९ साउन/
    इस्लाम धर्मावलम्बीहरूको पर्व बकरिदको अवसरमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    पर्सागढी नगरपालिका–४ परशुरामपुरमा आयोजित कार्यक्रममा मुस्लिम समुदायका महिला–पुरुषले रक्तदान गरेका थिए । रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक दिलमाया घिमिरे, संदिप कुशवाहालगायतको टोलीले शिविरमा सेवा पु¥याएका थिए ।
    नेपाल रेडक्रस सोसाइटी बिरुवागुठी उपशाखाले  आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ५९ जनाले रक्तदान गरेका थिए ।
    उपशाखा सभापति महम्मद जिकरूल्लाहको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष समशुद्दिन साह देवान, शेख जावेद, शाहजहान खातुन, रौबैदा खातुन, फुलसन खातुन, शेख फैयाज, नौशाद आलम, शेख हासिम लगायतको सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us