Thursday, August 15, 2019

दूतावास वीरगंजमा भारतको ७३ औं स्वतन्त्रता दिवस मनाइयो

प्रस, वीरगज, ३० साउन/
    भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा आज वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा विविध कार्यक्रमको आयोजना गरी मनाइयो । सो दिवसको शुभारम्भ कार्यवाहक महावाणिज्यदूत रमेशप्रसाद चतुर्वेदीले  भारतको राष्ट्रिय ध्वजा फहराएर गरेका थिए । लगत्तै महावाणिज्यदूत चतुर्वेदीले भारतका राष्ट्रपतिकोे सन्देश पढेर सुनाए ।
    सन्देशमा भारतले बितेको ७२ वर्षमा विविध क्षेत्रमा प्राप्त गरेको उपलब्धिहरूको उल्लेख गरिएको थियो । कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत, प्रदेशसभा सदस्य करिमा बेगम, नेकपाका नेता बसिरुद्दिन अंसारी भारतीय वाणिज्यदूत डा. पोथरा स्वामी, विनोद लोसाली, सुरेश कुमारलगायतको उपस्थिति थियो ।
    वीरगंज तथा काठमाडौंमा भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा राजदूतावासका कर्मचारी, उनीहरूका परिवारलगायत नेपालमा रहेका भारतीय समुदाय र भारतका अन्य मित्रहरूको सहभागिता थियो । वीरगंजमा आयोजित कार्यक्रममा विभिन्न ११ वटा विद्यालयका विद्यार्थीहरूले भारतको देशभक्तिपूर्ण गीतहरू प्रस्तुत गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us