Wednesday, August 14, 2019

विद्यालयको भौतिक संरचनामा सुधार गर्दै जाने प्रतिबद्धता

प्रस, वीरगंज, २९ साउन/
    वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले महानगरको सामुदायिक विद्यालयहरूको भौतिक संरचनामा सुधार गर्दै जाने प्रतिबद्धता जाहेर गरेका छन् ।
    नेपाल रेलवे माविको नवनिर्मित सभाहलको आज उद्घाटन गर्दै मेयर सरावगीले महानगरको जीर्ण अवस्थामा रहेका सामुदायिक विद्यालयको भौतिक संरचनामा क्रमिक सुधार गर्दै जाने बताए । उनले आगामी पाँच वर्षभित्र प्रावि तहका सबै विद्यालयहरूमा डिजिटल प्रविधिबाट अध्यापन गराउने व्यवस्थापन गरिने बताए ।
    मेयर सरावगीले सामुदायिक विद्यालयहरूमा छात्रछात्राहरूका लागि अलग शौचालयको व्यवस्था गर्न दाताहरुसँग सहकार्य भइरहेको पनि जानकारी गराए । उनले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न शिक्षकको भूमिका महŒवपूर्ण हुने हुनाले निजी क्षेत्रमा पाइने शैक्षिक गुणस्तरसरह सामुदायिक विद्यालयमा शिक्ष्Fाको गुणस्तर वृद्धि गर्न शिक्ष्Fकहरूलाई आग्रह गरे ।
    नेपाल शिक्षक महासङ्घ वीरगंज मनपाका अध्यक्ष विनोद मेहताले मनपाले सबै सामुदायिक विद्यालयहरूको भौतिक संरचना निर्माणको लागि पहल गर्न सुझाव दिए । उनले केही सामुदायिक विद्यालयको भौतिक संरचनामा परिवर्तन गरेर सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धि नहुने भन्दै सबैको भौतिक संरचना निर्माणमा सघाउ पु¥याउन मनपालाई अनुरोध गरे ।
    विद्यालयका प्रअ दिनेश चौरसियाको अध्यक्ष्Fतामा भएको कार्यक्रममा शिक्ष्Fक दिनानाथ रौनियारलगायतले मन्तव्य व्यक्त गरेका थिए । वीमनपाको सहयोगमा नेपाल रेलवे माविमा रु १२ लाखको लागतमा सभाहल निर्माण भएको हो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us