Friday, August 9, 2019

कामसूत्र

सञ्जय मित्र
    विषय वा प्रसङ्गले अर्को अर्थ लाग्नु हुँदैन । कसैले लगाएमा जो जससँग सम्बन्ध राख्दछ जस्तो उसैको अपराध हुनेछ र अपराधानुसार सजायको भागी हुनेछ । यहाँ कामसूत्रको अर्थ हुन्छ – कामको सूत्र ।
    समासोक्तिले यही भन्दछ कि कामको सूत्र नै कामसूत्र हुन्छ । यसलाई काम गर्ने सूत्र पनि भन्न सकिन्छ ।
    गणित र विज्ञानले अनेक सूत्र आप्mनो पेटमा पालेको हुन्छ । कुनै एक विषयको कुनै एउटा पाठको कुनै एक अङ्गलाई पनि विस्तारमा नियाल्ने हो भने कैयौं विद्वान्का अनेकन सूत्रहरू जडवस्तुजस्तो अरूले हल्याउनै नसक्ने गरी राखिएका हुन्छन् । साधारण मनुवालाई पुङ न पुच्छरको जस्तो लाग्ने ती सूत्रहरू अलिअलि पढेकालाई पनि बाँदरको पुच्छर लौरो न हतियारजस्ता लाग्छन् ।
    त्यत्तिखेर म चार कक्षामा पढ्दै थिएँ । हाम्रो स्कूलमा एकजना ठूलो मान्छे आउने कुरा चल्यो । हाम्लाई पढाउने माहटरसाहेबभन्दा नि ठूलो मान्छे । शुरूमा त लाग्यो घरजत्रो हो कि रूखजत्रो कत्रो न कत्रो होला । तर बुझाएपछि भने बुझ्यौं ठूलो मान्छेको बारेमा । बरू अ‍ैले चैं बिर्से ती को थिए भनेर ।
    हामी स्कूल नौ बजे पुग्थ्यौं र माहटरसाहेबहरू दश बजेतिर आउँथे । ठूलो मान्छे पनि दश बजे नै आउने कुरो थियो । हाम्ले फिल्ड सफा ग¥यौं, कक्षाकोठालाई पनि चिटिक्क पा¥यौं । राम्रो देखाउनु थियो, पाँच कक्षासम्म हाम्रो विद्यालय थियो, सिनियर कक्षाको विद्यार्थीको नाताले टिपिनसम्म काम गरेको ग¥यै । दश बजे आउने ठूलो मान्छे चैं चार बजे आइपुगे । हाम्ले स्वागत ग¥यौँ ।
    भोल्पल्ट म नि चार बज्न लाग्दा स्कूल पुगें । गुरुजीले सोध्नु भो – किन चार बजे स्कूल आको ?
    मैले भनें – ठूलो मान्छेहरू दश बजे भनेर चार बजे आउँछन् । म नि ठूलो मान्छे हुन्छु । घर्मा बाले जैले नि मलाई ठूलो मान्छे बनाउने भन्नुहुन्छ । अब अभ्यास गर्नुप¥यो ।
    गुरुजी गम्भीर हुनु भो र भन्नु भो – ती अतिथि थिए । अतिथि भनेको तिथि नभएको । तिथि नभएको मानिसबाट बेथितिको कुरो सिक्नुहुन्न । तिमी त राम्रो मान्छे बन्नुपर्छ ।
    घर्मा एक दिन टिभीमा सुन्दरी प्रतियोगिताको समाचार हेरें । त्यसैमा लगाएकोजस्तो कपडा लगाएर भोल्पल्ट म नि गाउँ घुमें । गाउँका सबै कुकुरहर्ले स्वागत गरे । म अघिअघि र सारा गाउँ मेरो पछिपछि थियो । सबैले दिमाग सट्केको भने । गाउँका मानिसहर्ले मलाई बुझ्नै सकेनन्, दुनियाँमा के के भइरहेको छ भनेर जान्दैजान्दैनन् ।
    एक दिन धेरै ठूलो नेता आउने सुनें मेरो गाउँमा । पोस्टर पम्पलेट पनि चारैतिर छरेको, बाँडेको र टाँसेको देखियो । चोकचोक र गल्ली गल्लीमा पनि चर्चा परिचर्चा सुनिन थाल्यो । मलाई चैं गाउँमैं कुनै ठूलो मेला लागेको वा अझ सानो हुँदा छठ पबनी आउँदाको जस्तो छटपटी भइरहेको थियो । यति धेरै व्यग्रता किन थियो ? मलाई अहिलेसम्म थाहा छैन ।
    पोस्टर र पम्पलेटमा समय तोकिएको थियो दश बजे । दशै बजे म गाउँको फिल्डमा पुगें । त्याँ अझै पनि कुकुरहरू जुधिरहेका थिए, बाख्राहरू चरिरहेका थिए र गोठालाहरू डन्डीबियो खेल्दै थिए । एउटा कुनामा गाउँमा नाटक हुँदा नाटकमा भाग लिने र नाच्नेहरूको लागि बनाएको स्टेजजस्तो बनाइँदै थियो । म त्यीँ गएर सोधें – “दश त बज्यो, नेताजी कतिखेर आउनुहुन्छ ?”
    “अ‍ैले आउँदैन । ठूलो मान्छे हो, बार एक बजेतिर आउँछन् ।”
    “अनि किन दश बजे लेखेको त ?”
    “ठूला मान्छेहरूको यस्तै हुन्छ के ?”
    नेताजीको कुरा सुन्न म गइनँ । सोचें – म अझै धेरै सानो छु, ठूलोको कुरो बुझ्दिनँ । तिनीहर्ले तोकेको समय नै बुझ्ने क्षमता छैन । सधैं ठूलो मान्छेले भनेको समय फरक पर्छ ।
    बढ्दै गएँ । पढ्दै गएँ । समय बिताउँदै गएँ । अलिअलि समाजलाई बुझ्दै गएँ ।
    तोकिएको समयमा कुनै काम हुँदैन । ठीक समय भनेको समयमा र समयसम्म कुनै पनि काम नहुने चलन हो । तोकिएको समयमा कुनै काम नहुनु हाम्रो संस्कार हो, संस्कृति हो ।
    तोकिएको समयमा जदि कोही केही गर्दछ भने ऊ मूर्ख हो । उसलाई सबैले बच्चा बुझ्दछन् । केटाकेटीको संज्ञा दिन्छन् । भन्छन् – ऊ केटाकेटीजस्तो कुरो गर्छ, किन समयमा आएन ? किन समयमा भएन भन्ने सोच्नु केटाकेटीपना हो रे ।
    एक दिन मेरो एउटा मनले अर्को मनसित प्रश्न ग¥यो – तोकिएको समयमा कुनै काम हुन्छ कि हुँदैन ?
    उत्तर कल्ले खोजिदेओस् । प्रश्न सोध्ने मनले प्रश्न सोधिरह्यो र उत्तर दिने मन भने जवाफदेह भइरह्यो ।
    डाक्टरले तोकेको समयमा बच्चो त जन्मिंदैन । जन्मिने समय अघि वा पछि हुन्छ । जदि दिन तोकेकै पर्छ भने पनि समय त मिल्दैमिल्दैन । उसो भए कहाँ मिल्छ त समय ?
    के मर्ने समय कसैको तोकिएको छ त ? कुनै ज्योतिष वा डाक्टरले नै तोकेको समयभन्दा धेरै बढी मानिस बाँचेको पत्रिकाहर्ले लेख्ने गरेका छन् ।
    तोकिएको समयमा परीक्षा हुँदैन, चुनाव हुँदैन, रिजल्ट हुँदैन, नियुक्ति हुँदैन, सरकार बन्दैन, बाढी आउँदैन, घाम लाग्दैन, सडक बन्दैन, सभा हुँदैन ... ... ... ... । अनि तोकिएको समयमा नेता आउँछ भन्ने सोच्नु ठीक हो त ?
    मेरो सोचाइ नै गलत हो । कुनै काम समयमा हुनुपर्छ भन्ने गलत सोचाइको लत परेपछि जाँ नि गल्तीमात्र भेटाउँथें । बल्ल मैले काम गर्ने सूत्र फेला पारें अर्थात् कामसूत्र फेला पारें ।
    आजदेखि हाम्रो समाजको यैं संस्कार, संस्कृति तथा प्रचलनलाई सन्मान गरेर म पनि ठूलो मान्छे बन्ने बाटोमा हिंड्नेछु । आखिर ठूलो मान्छे कल्लाई पो बन्नु प¥या छैन ? ठूलो मान्छे हुन सबैले चाह्या हुन् । मेरो बुद्धिबंगारा आएपछि कामसूत्र आफैँले पत्ता लगाएको हुँ ।
    मेरो बुद्धिबंगारा आउनुपूर्व मेरो बालसुलभ सोचाइ हुन्थ्यो – आपूmलाई जुन जुन तहका ठूला नेता वा सबैभन्दा ठूला मान्छे भन्छन्, तिन्ले आपूmले गर्नुपर्ने काम ठ्याक्कै तोकिएको समयमा गर्दा उन्कै अनुकरण गरेर उनीमुनिका सबै सहठूला, उपठूला, प्रमुख सहायक ठूला, उपप्रमुख सहायक ठूला, निमित्त ठूला, कार्यकारी ठूला, सह तथा उपकार्यकारी ठूला, सबैका ठूला, ठूलाका ठूला, ठूलाभन्दा अलि ठूला, अलि ठूलाभन्दा पनि ठूला, सबैभन्दा माथिका ठूला, साना ठूला, ठूला कान्छा, कान्छा ठूला आदि सबै उपजाति र प्रजातिका ठूलाहर्ले आप्mनो मातहतको काम समयमा नै पूरा गर्दा नयाँ संस्कार बस्थ्यो । केटाकेटीको सोचाइ यस्तै हुन्छ नि ।
    हाम्रो समाजले घडी भने अ‍ैलेसम्म चलेको छ समयमा । देश–विदेश सप्पैतिर तुलना गरी हेर्दा घडी अर्थात् समयको कामसूत्र सही छ तर बाँकी केही निश्चित छैन भने घडी नै बेठीक । समयमा काम नहुने कुराको जिम्मेवारीजति घडीलाई दिनुपर्छ । घडी नै गैरजिम्मेवार हो । अब घडी नै जदि गैरजिम्मेवार हुन्छ भने हाम्रा भित्तालाई फोहोर पार्नेजत्ति कैलेन्डरहरू पनि बेकामे नै हुने भए ।
    मेरो बुद्धिबंगारो आएपछि बुद्धिको बिर्को खुलेर यो बुद्धत्व प्राप्त गरेको छु – कुनै पनि काम तोकिएको समयमा गर्नेले कैल्यै प्रगति गर्दैन । कसैले तोकिएको समयलाई बढी महŒव दिन्छ भने उसको बुद्धि आलोकाँचो हो ।
    मेरो कामसूत्र मलाई फलिफाप होओस् । अरूलाई पनि जदि काम लागेछ भने बुझ्नेछु यो मेरो आविष्कार समाजको लागि फलदायी सिद्ध भयो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us