Thursday, August 15, 2019

बारा जिल्ला वन पैदावर आपूर्ति समिति झनै शङ्काको घेरामा, छोडपूर्जी र संलग्न कागजातको हस्ताक्षर फरक/फरक

प्रस, निजगढ, ३० साउन/
    डिभिजन वन कार्यालय, बारा अन्तर्गतका जिल्ला वन पैदावर आपूर्ति समिति बाराको छोडपुर्जीमा निवेदकले गरिएको भनिएको हस्ताक्षर र संलग्न अन्य कागजातमा गरिएको हस्ताक्षर फरक/फरक पाइएसँगै वन कर्मचारी र काठ बिचौलियाको मिलेमतो भएको पुष्टि भएको छ ।
    कलैया उपमहानगरपालिका–१ की रितादेवी पाण्डे र सोही वडाका चान्सी प्रसाद सोनारको नाउँमा जिल्ला वन आपूर्ति समिति बारा सिमराले उपलब्ध गराएको छोडपुर्जीको पछाडि बुझिएको हस्ताक्षर र सोही मिसिलमा संलग्न अन्य कागजातमा निवेदकले गरेका भनिएका हस्ताक्षरमा एकरूपता नपाएसँगै बारा वन कर्मचारी र काठ बिचौलियाको मिलेमतोमा चरम गैरकानूनी कार्य हुने गरेको रहस्य खुलेको छ ।
    जिल्ला वन पैदावर आपूर्ति समिति बाराका सदस्य सचिव रामगणेश साह, रेन्जर कपिलदेव यादव, सहायक वन अधिकृत सुरेशप्रसाद सिंह आर्थिक वर्ष ०७५–०७६ को असार सिजन अनुगमन समितिमा छन् ।
    आपूm वन आपूर्ति असार सिजन अनुगमन समितिमा नरहेको सदस्य सचिव रामगणेश साहले बताए नि प्रतीककर्मी डिभिजन वन बारामा बुधवार पुगी निर्णय कागजात अध्ययन गर्दा उनी सोही अनुगमन समितिमा थिए ।
    आपूm अनुगमन समितिमा रहे वा नरहेकोसम्म थाहा नपाउने वा अनियमितता ढाकछोप गर्ने वन आपूर्ति समिति बाराका सदस्य सचिव रामगणेश साहको मिलेमतोमा संलग्नता रहेको खुल्न आएको छ ।
    वन आपूर्ति समितिको टाँचा प्रकरणले ठूलो रूप लिंदै गएपछि प्रदेश वन मन्त्रालयले समेत छानबीन समिति बनाएको छ ।
    जिल्ला वन बारा र वन आपूर्ति समितिले काठ बिचौलियाहरूलाई संरक्षण गर्दै आएको यस प्रमणले झनैं प्रस्ट्याएको छ ।
    उपभोक्ता, निवेदकका नाउँमा किर्ते हस्ताक्षर गरी मिसिलमा काठ गोलाई बिक्री गर्ने गरेकाले वास्तविक उपभोक्ता, निवेदकहरूले समयमा काठ नपाउने र पाए पनि ज्यादै सास्ती भोग्नुपर्ने अधिकांश पीडित उपभोक्ताहरूको दुःखेसो छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us