Thursday, August 15, 2019

दाइजो प्रथा हटाउन अभिभावहरूले छाती दरो बनाउनुपर्छ –नेता चौरसिया

प्रस, वीरगज, ३० साउन/
    मधेसमा बढ्दो दाइजोप्रथा, अनावश्यक खर्चसँगै तामझामको कारण महँगो बन्दै गइरहेको मागी विवाहबीच हिजो एउटा आदर्श विवाह भएको देखेर स्थानीय चकित भएका छन् । केटी हेर्न आएका बेला केटापक्षलाई केटी मन परेपछि हिजै बिहे गरेको समाचार प्राप्त भएको छ ।
    पकहामैनपुर गाउँपालिका–१ धोरे निवासी छपकैया बस्दै आएका  मनोज सहनीकी छोरी रानीकुमार सहनी तथा सखुवापरसौनी गाउँपालिका–१ खजुरिया निवासी लक्ष्मण सहनीको छोरा मनोज सहनीसँग धार्मिक परम्परा अनुसार हिजोराति गहवामाई मन्दिरमा विवाह सम्पन भएको छ ।
    तीन दिनभित्र विवाह सम्पन भएको केटीका ठूलो बुवा विधिचन्द सहनीले जानकारी दिए । सोमवार केटा हेर्न खजुरिया गएको टोलीलाई केटा मन परेपछि बुधवार आफुले केटी हेर्न निम्तो दिइएको थियो । केटी मन परेपछि केटा पक्षले सोही दिन घर लाने बताए । विनादाइजो, तकडभडकविना, अनावश्यक खर्च नगरी हिन्दू धार्मिक पराम्परा अनुसार मन्दिरमा लगी विवाह सम्पन गराएको सहनीले जानकारी दिए ।
    विवाहमा मजाको कुरा के छ भने केटी मन परेपछि आजै विवाह गर्ने सहमति बन्दा केटा मनोज सहनी वीरगंज बाहिर थिए । काम विशेषले बाहिर रहेका सहनीलाई वीरगज बोलाउँदा–बोलाउदै ढिलो भएकोले ढिलो राति विवाह भएको थियो ।
    मोटरसाइकल चढेर आएका केटाको शरीरमा  पुराना कपडा थिए । विवाहमा सहभागी  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले यस्तो आदर्श विवाहले सामाजिक कुरीति हटाउने बताए । मधेसको अभिशाप दाइजोप्रथा, अभिभावकहरू यसैगरी अघि बढे चाँडै हट्ने चौरसियाले दाबी गरेका थिए ।         केटाका बुवा लक्ष्मण सहनीले मधेसको जनताको बुझाइमा फरक छ । मैले छोराको विवाह दाइजो नलिएर गरें, एक सुको खर्च भएन । तर दाइजो लिएका  अभिभावको खर्च लिएको दाइजोभन्दा बढी हुने बताएए ।
    वैवाहिक कार्यक्रमा वीरगज महानगरपालिका उपमेयर शान्ति कार्की, शिक्षक अगुवा रवि चौरसियालगायत थोरै मानिसको सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us