Wednesday, August 14, 2019

महानगरमा ठेक्का विवाद, सवारीकरको मुद्दा अदालतमा विचाराधीन

प्रस, वीरगंज, २९ साउन/
    वीरगंज महानगरपालिकाले उठाउने करहरू साउन बित्न लाग्दा पनि ठेक्का हुन सकेको छैन ।
    विज्ञापन करबाहेक आव २०७६–०७७ का लागि सवारी कर, हाटबजार पिठियाकर, पशु हाटबजार र सवारी पार्किड्ढो ठेक्का लाग्न सकेको छैन । महानगरपालिकाले पहिलो चरणमा ठेक्काको लागि टेन्डर आह्वान गर्दा सवारी करमा गत वर्षको तुलनामा करीब रु ३ करोड कममा ठेक्का लागेपछि मनपा बोर्डले ठेक्का खारेज गरेको थियो ।
    आव २०७५–०७६ मा रु ७ करोड ५५ लाखमा लागेको सवारीकर ठेक्का यसपटक घटेर  रु ४ करोड ५१ लाखमा ठेक्का परेको थियो । मनपाले नै न्यूनतम मूल्य घटाएको कारण बोर्ड बैठकमा सोबारे विवाद भएपछि सवारीकरको लागि ठेक्का हालेको ठेकेदार कम्पनीको ठेक्का रद्द गरेको थियो ।
    गत वर्ष सोही ठेकेदारले रु ७ करोड ५५ लाखमा राजस्व असुल गरेकोमा यसपटक रु ४ करोड ५१ लाखमा ठेक्का दिने काम भएको भन्दै बोर्ड सदस्यहरूले कमिशनको खेल भनेर विरोध गर्दै ठेक्का रद्द गरेका थिए । मनपाले टेन्डर आह्वान गरेको र आपूmले भरेको टेन्डर अन्यको तुलनामा बढी भएको भन्दै ठेकेदारले ठेक्का सदर गर्नका लागि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा अहिले अदालतमा विचाराधीन छ । मुद्दा विचाराधीन भएकै कारण मनपाले सवारी कर सम्बन्धमा अर्को टेन्डर आह्वान गर्न सकेको छैन ।
    यसैबीच मनपाले न्यूनतम मूल्यभन्दा कममा ठेक्का माग भएको हुँदा हाटबजार, पिठियाकर, पशु हाटबजार परवानीपुर र सवारी पार्किड्ढो लागि भदौ २ गते पुनः टेन्डर माग गरेको छ ।
    यस अघि माग गरिएको टेन्डर न्यूनतम मूल्यभन्दा कम भएको कारण बोर्ड बैठकले बदर गरेको थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us