Friday, August 16, 2019

कलैया अस्पतालमा बेथिति मौलाउँदै

प्रस, कलैया, ३१ साउन/
    कलैया अस्पताल भगवान भरोसे चलिरहेको छ । दरबन्दीभन्दा आधा १५ जना चिकित्सक कार्यरत कलैया अस्पतालमा मुस्किलले तीनजना चिकित्सक पनि नियमित खट्दैनन् ।
    सबैको निजी अस्पताल र क्लिनिकसँग सम्बन्ध भएकाले अस्पताललाई बेवास्ता गर्दै आएका छन् । शुक्रवार प्रतीककर्मी अस्पताल पुग्दा दुईजना मात्रै चिकित्सक कार्यरत थिए । अस्पतालले प्रदान गर्ने ओपिडी सेवामा दुईजना चिकित्सक खटेका थिए भने अन्य सबै वार्डहरू चिकित्सकविहीन थियो ।
    कलैया अस्पतालमा २ सयभन्दा बढी बिरामी दैनिक उपचारको लागि आउँछन् तर चिकित्सकहरूको अनुपस्थितिले थुप्रै बिरामी फर्केर जाने गरेका छन् । अस्पतालमा उपलब्ध चिकित्सकले पनि निजी क्लिनिकमा आउन बिरामीहरूलाई बाध्य बनाउने गरेको एकजना बिरामीले बताए । उनले ओपिडीमा चेकजाँच गर्ने चिकित्सकले विभिन्न रिपोर्टहरू तयार हुन्जेलसम्म क्लिनिक पुगिसकेको कारण बिरामीहरू क्लिनिकमा जानुपर्ने बाध्यता सिर्जना गराइएको बताए । बिहान ९ देखि दिउँसो २ बजेसम्म ओपिडी सञ्चालन हुनुपर्नेमा चिकित्सकहरू १० बजे आउने र साढे ११ बजे बाहिरिने गरेका छन् ।
    आज ११ः२६ मा अस्पतालको ओपिडीमा पुगेका सेवाग्राही रमेशचन्द्र यादव शारीरिकरूपमा अपाङ्ग भएपनि उनले उपचार गराउन पाएनन् । ओपिडीमा रहेका व्यक्तिले आज टिकट नकाटिने र भोलि उपचारको लागि आउनू भनेर फर्काएको यादवले गुनासो गरे । आपूm अपाङ्ग भएको र भोलि शनिवार बिदा भएको कारण आज टिकट काटी उपचार गराउन अनुरोध गर्दा कुनै सुनवाइ नभएको यादवको गुनासो छ ।
    यसैगरी, आकस्मिक कक्षमा भान्जीको उपचार गराउन पुगेका कलैया उपमनपा–६ लहेर्वाटोला निवासी निखिल गोस्वामीलाई ओपिडीमा पठाइएको थियो । ओपिडीको टिकट काटेका गोस्वामी चिकित्सक कुर्दाकुर्दै थाकेर अस्पतालबाहिर रहेको निजी क्लिनिकमा भान्जीलाई देखाएर फर्किनुपरेको थियो । गोस्वामीले सरकारी अस्पतालमा उपचार गराउँदा सहज र सरल हुने भएकोले आपूm आएको तर अस्पतालबाट सुविधा नपाएपछि बाध्य भएर निजी क्लिनिक धाउनुपरेको बताए ।
    यसैगरी, अस्पतालमा उपचारको लागि आउने बिरामीहरूको उपचार सही तरीकाले नभइरहेको एकजना चिकित्सकले बताएका छन् । अहिले भाइरल ज्वरोसँगै टाइफाइड सङ्क्रमण बढिरहेको समयमा कलैया अस्पतालका चिकित्सकहरूले प्रयोगशाला परीक्ष्Fणविना एन्टिबायोटिक औषधि चलाइरहेका छन् ।
    ज्वरोको परीक्षणपछि टाइफाइडको शङ्का गर्दा प्रयोगशालामा परीक्षण गर्नुपर्ने हो तर चिकित्सकहरूले शङ्काको आधारमा एन्टिबायोटिक चलाइरहेको ती चिकित्सकले बताए ।
    यसैगरी, अस्पतालमा चौबीसैं घण्टा फार्मेसी सञ्चालनमा हुनुपर्ने हो तर बाहिरका पसलेहरूको प्रभावमा फार्मेसी बिहान ९ बजे खुल्छ र दिउँसो ४ बजे नबित्दै बन्द हुन्छ । फार्मेसीको जिम्मेवारी दिनेश यादवलाई दिइएको छ । तर उनी आपूm नबसेर एकजना युवक वनवारी चौधरीलाई राखेका छन्, जुन नियमविपरीत हो ।
    फार्मेसीको जिम्मेवारी पाएका व्यक्तिले नै सञ्चालन गर्नुपर्ने अथवा अस्पतालका अन्य कर्मचारीलाई सोको जिम्मेवारी दिनुपर्नेमा यादव आप्mनो सट्टा अनधिकृत व्यक्तिलाई ड्युटीमा बसाउने गरेका छन् ।
    अस्पतालको यो हबिगतबारे मेसुसँग बुझ्न खोज्दा उनी पनि विनासूचना अनुपस्थित भएको पाइयो । अस्पतालका एकजना महिला कर्मचारीले मेसु कामविशेषले काठमाडांै गएका तर कहिले फर्किने भन्नेबारेमा जानकारी नभएको बताइन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us