Thursday, August 15, 2019

पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीनजना पक्राउ

प्रस, वीरगंज, ३० साउन/
    पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुईजना पत्रकारसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    पक्राउ पर्नेमा न्युज २४ टेलिभिजनका पत्रकारद्वय रवि लामिछाने, युवराज कँडेल र पुडासैनीकी प्रेमिका रूकु भन्ने अस्मिता कार्की छन् । उनीहरूलाई बिहीवार साँझ काठमाडौंस्थित न्युज २४ को कार्यालयबाट र रूकुलाई काठमाडौंस्थित उनको डेराबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
    पत्रकार पुडासैनीलाई आत्महत्याका निम्ति प्रोत्साहन गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जिप्रका चितवनका प्रहरी नायब उपरीक्षक एकनारयाण कोइरालाले बताएका छन् । प्रहरीको लामो अनुसन्धान र विश्लेषणपछि उनीहरूलाई नियन्त्रणमा लिएको नायब उपरीक्षक कोइरालाले प्रतीकलाई बताए ।
    सिग्देल केही दिन अघि चितवनस्थित एक होटलमा झुन्डेर मरेको अवस्थामा फेला परेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us