Thursday, August 15, 2019

दलित बालकहरूको संयुक्त रक्षाबन्धन

विमला गुप्ता, वीरगज, ३० साउन/
पर्सा,  सखुवापरसौनी गाउँपालिका– ५ महुवनस्थित दलित बालकहरूले संयुक्त रक्षाबन्धन गरी पर्व मनाएका छन् ।
 पीस फोर दलित फाउन्डेशन नेपालले बिहीवार आयोजना गरेको सामूहिक रक्षाबन्धन कार्यक्रममा २०० जना दलित बालकहरू सहभागी थिए ।
    कार्यक्रममा फाउन्डेशनका अध्यक्ष मनोज राम, सचिव गणेश महरा, सदस्य सुरेन्द्र पासवान, सदस्य अशोक राम, इनरदेव राम, शिक्षक हरिनारायण रामलगायत दलित समुदायका अगुवाहरूले मन्तव्य व्यक्त गरेका थिए । सदीयौंदेखि  दलित समुदायलाई सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक र अन्य सेवाबाट वञ्छित गरिंदै आएकोले यस समुदायको मनोबल खस्केको भन्दै वक्ताहरूले दलित बालबालिकाहरूलाई उत्साहित पार्न र मनोबल बढाउन रचनात्मक कार्यक्रम आवश्यक रहेको बताए ।
    उनीहरूले दलित समुदायका बालबालिका अहिले पनि विद्यालय बाहिर रहेको चर्चा गर्दै भर्ना भएका दलित बालबालिहरूसँग गरिने विभेदका कारण विद्यालयमा टिक्न नसकेको बताए । दलित बालबालिकाको शिक्षामा रुचि बढाउन र प्रोत्साहित गर्न तीनै तहको सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको उनीहरूको आरोप थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us