Thursday, August 22, 2019

अपहरण र करणीको अभियुक्तलाई छुटाउन राजनीतिक दबाब

ओमप्रकाश चौधरी, सेढवा ५ भदौ/
    एकजना युवतीलाई चार दिनसम्म बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको आरोपीलाई छुटाउन स्थानीयदेखि केन्द्रीय नेताहरू लागिपरेका छन् ।
    विश्वस्त स्रोत अनुसार जिल्ला प्रहरी कार्यालय, पर्सालाई यति बेला राजनीतिक दबाब थेगी नसक्नु भएको छ । पर्सागढी नगरपालिका–१ भटनी निवासी २५ वर्षीय सुरेन्द्रसाह तेलीलाई साउन १७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । पीडित युवतीको किटानी जाहेरीको आधारमा तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कमजोर आर्थिक अवस्थाकी युवतीलाई तेलीले आप्mनै घरमा बन्धक बनाई चार दिनसम्म यातनासहित यौन शोषण गरेको पीडित पक्षको आरोप छ । तेलीको बन्धकबाट मुक्त भएपछि उनका अभिभावकले प्रहरी चौकी मनवामा उजूरी दिएका थिए ।
    आरोपित साहलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पर्सा पठाएको प्रहरी सहायक निरीक्षक भरत यादवले बताए । प्राप्त जानकारी अनुसार तेलीले युवतीसँग यौन दुव्र्यवहार गरेको भिडियोसमेत बनाएका छन् । यो कुरा स्थानीय केही अगुवाहरूलाई पनि थाहा भएको र उनीहरूले पीडित युवतीसँग पीडक तेलीको विवाह गराएर घटना सामसुम पार्ने प्रयास पनि गरेका थिए ।
    पछि घटना प्रहरीमा पुगेर आरोपित पक्राउ परेपछि युवतीलाई आर्थिक प्रलोभन दिने र घटना सामसुम पार्न प्रहरीलाई दबाब दिने क्रम शुरू भएको समाचार स्रोतले जनाएको छ । पीडक तेली परिवार आर्थिकरूपले सम्पन्न र राजनीतिक पहुँच भएकोले उनलाई छुटाउन सबै खाले चलखेल शुरू भएको बताइएको छ ।
    “पीडित युवतीका अभिभावक गरीब र सीधासोझा छन् । घटना सबैलाई थाहा छ तर पनि पीडितको पक्ष्Fमा गाउँमा कोही बोल्न सक्दैन”– चौधरी थरका एकजना वृद्धले नाम नछाप्ने शर्तमा गुनासो गरे । गाउँमा केही प¥यो भने उसैलाई गुहार्न जानुपर्छ, गाउँले र नेताहरूका लागि गर्ने–भन्ने नै उनीहरू हुन्–वृद्धले प्रस्ट्याए । पीडकलाई छुटाउन र पीडितलाई मनाउन सत्ता पक्ष र विपक्ष दुवैतर्फको नेताहरूको सक्रियता बढेको एकजना प्रहरी अधिकारीले बताएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us