Thursday, August 15, 2019

मन्त्री सोनल उपचारको लागि काठमाडौं रेफर

प्रस, वीरगंज, ३० साउन/
    उपचारार्थ नारायणी अस्पताल वीरगंजमा भर्ना भएका प्रदेश २ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई काठमाडौं रेफर गरिएको छ ।
    कम्मरको जोर्नीमा समस्याका साथै उच्च ज्वरो भएपछि बुधवार मन्त्री सोनल नारायणी अस्पतालमा भर्ना भएका थिए । ज्वरो नियन्त्रणमा आएपनि कम्मर र मेरुदण्डको दुखाइ बढ्दै गएकोले उनलाई राति १२ बजे काठमाडौं रेफर गरिएको अस्पतालले जनाएको छ ।             आजदेखि काठमाडौं वीर अस्पतालमा मन्त्री सोनलको उपचार भइरहेको राजपाका युवा नेता सन्तोष यादवले जानकारी गराएका छन् । चेक, जाँच तथा ल्याब परीक्षणको रिपोर्ट शुक्रवार बिहानसम्म आउने भएकोले त्यसपछि मात्रै बाँकी उपचारबारे भन्न सकिने उनले बताए ।
    सर्वसाधारण नागरिकले उपचार गराउने सरकारी अस्पताल पुगेका मन्त्री सोनलको, उनकै अडानबमोजिम सरकारी अस्पताल पु¥याइएको नेता यादवले बताएका छन् ।
    २०६३ को मधेस आन्दोलनको क्रममा प्रहरीको लाठी प्रहारले हाडजोर्नी र नसामा समस्या  आएकोले बेला बखत त्यही विमारी बल्झिएर दुःख दिने गरेको सोनलका परिवारजनले बताएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us