Thursday, August 15, 2019

पोखरियाबाट पनि एफएम सञ्चालन हुँदै

प्रस, पोखरिया, ३० साउन/
    पोखरिया नगरपालिकामा सोमवारदेखि पोखरिया एफएम सञ्चालन हुने भएको छ ।
    वीरगंज महानगरपालिकाको आकाश एफएम १०१.९ मेघाहर्ज नयाँ व्यवस्थापनका साथ पोखरिया एफएम सञ्चालन हुन लागेको हो । आज
एफएम सञ्चालनका लागि पूजा सम्पन्न भयो ।
    नयाँ व्यवस्थापनका सञ्चालकमध्ये नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीले एफएम सञ्चालनका लागि विधिवत् पूजा गरेका हुन् । उनले सोमवारदेखि परीक्षण प्रसारण शुरू हुने र असोज १ गतेदेखि नियमित प्रसारण हुने जानकारी गराएका छन् ।
    करीब २० प्रतिशत काम बाँकी रहेकोले परीक्षण प्रसारण एक महीना लम्ब्याइएको हो । पर्सामा वीरगंजपछि ठोरी गापाको सुवर्णपुरमा विजयबस्ती एफएम सञ्चालनमा छ ।
    पोखरिया नपामा यस अघि कुनै एफएम सञ्चालनमा थिएन । यसैगरी ग्रामीण क्षेत्रबाट पर्सामा पहिलो दैनिक पत्रिका मध्यप्रदेश पनि पोखरियाबाटै सञ्चालित भएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us