Tuesday, August 20, 2019

धानबालीमा लिफ ब्याक रोगको सङ्क्रमण

ओमप्रकाश चौधरी, सेढवा, ३ भदौ/
    पर्साको ग्रामीण क्षेत्रको धानबालीमा अज्ञात रोगको सङ्क्रमण बढ्दो छ।
विशेषगरी भदई मंसुलीमा यो रोग लागेको किसानहरूले बताएका छन् । यो रोगमा धानको पात रातो हुँदै सुक्ने, बिरुवाको टुसा सुक्ने, जरा कुहिने गरेको जगरनाथपुर गाउपालिका–३ गढैया निवासी गुलाबप्रसाद यादवले बताए ।
    जीराभवानी गाउँपालिका, पटेर्वासुगौली, ठोरी, जगरनाथपुर गाउँपालिकामा भदई मंसुलीमा धानको खेती बढी भएकाृले अज्ञात रोगको प्रकोप पनि बढी देखिएको छ । पटेर्वासुगौली गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक गोविन्दभैया थारूका अनुसार यो ‘लिफ ब्याक रोग’ हो । जिंक र बोरेन तŒवको कमीका कारण धानमा यो रोग लाग्ने गरेको थारूले बताए । यो रोग नियंत्रणका लागि एभरीमाइसिन र मेन्फोजेक औषधि प्रयोग गर्नुपर्ने उनले सुझाएका छन् ।
    कतिपय गाउँपालिकाहरूमा कृषि जेटिए तथा बाली विशेषज्ञ नहुँदा हजारौं किसान अलमलमा परेका छन् । जिल्लाको ठोरी, जगरनाथपुर र जीराभवानीमा कृषि सम्बन्धित कर्मचारी नै छैनन् । जसका कारण किसानहरूले बालीसम्बन्धी सल्लाह तथा सुझाव पाउन सकेका छैनन् ।
    जीराभवानी गाउँपालिका–२ सेढवा का किसान बागड चौधरी भन्छन्–“हाम्रो गाउँमा कृषि क्वाटर छ, तर जेटिए छैन । कृषिसम्बन्धी परामर्श सेवासमेत पाउन सकेका छैनौं, औषधि कहाँबाट पाउनु ?”  पसलमा जुन औषधी दिन्छ, त्यही प्रयोग गर्ने गरेको चौधरीले बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us