Wednesday, August 14, 2019

नेपाल–भारत सीमा क्षेत्रको सुरक्षाबारे छलफल

प्रस, ठोरी, २९, साउन/
    ठोरी र सो आसपासको क्षेत्रलाई केन्द्रित गरी नेपाल–भारत सीमा सुरक्षाबारे दुईपक्षीय छलफल भएको छ । पर्साको ठोरीसँग सीमा जोडिएको भारत भिखना ठोरीस्थित भारतीय सीमासुरक्षा बल एसएसबीको क्याम्पमा बुधवार भएको छलफलमा दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागिता थियो ।
    सीमाक्षेत्रमा हुने अपराध, दशगजा अतिक्रमण, सीमास्तम्भको सुरक्षा, सीमाक्षेत्रका बासिन्दाहरूबीच बेलाबेला हुने द्वन्द्वलगायत विषयमा छलफल भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ठोरीका प्रहरी निरीक्षक अमरबहादुर विश्वकर्माले जानकारी दिए ।
    छलफलमा सहभागी दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रको सुरक्षाका लागि निकै चासो र चिन्ता व्यक्त गरेको उनले बताए ।
    विभिन्न आपराधिक तŒवको घुसपैठ, मानव तस्करी, सीमामा यात्रुलाई पार्ने समस्या तथा चोरी तस्करी र त्यसमा प्रयोग हुने सम्भावित नाकाहरू दुवैतर्फबाट निगरानी बढाउने तथा सूचना आदान प्रदान गर्ने सहमति भएको थियो ।
    बैठकमा नेपाल तर्पmबाट सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ठोरीका प्रहरी निरीक्षक विश्वकर्मा, ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, सशस्त्र प्रहरी बाँदरझुलाका चितवनका प्रमुख लगायतको सहभागिता थियो ।
    भारततर्फबाट भारतीय सीमा सुरक्षा बल एसएसबी सिर्सिया हेडक्वाटरका कमान्डेन्ट हिमFंशु शेख, बल–बले कम्पनीका चाँदनी चरण, बिओपी तीन लालटेनका प्रमुख सुजत कुमार, सी कम्पनी मुङ्ग्राहका सन्तोषकुमार, बिओपी दोमाठका अनन्तराम, बिओपी पिडारीका अश्विनीकुमार, बिओपी भोराझुलाका डेलोनाथ बोराकोटी, जमुनिया थानाका धनञ्जय सिंहलगायत स्थानीय सुरक्षा अधिकारीहरूको सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us