Thursday, August 15, 2019

नेपालको आर्थिक स्थिति ः फुलेको बैलुन

विश्वराज अधिकारी
    नेपालको अहिलेको आर्थिक स्थिति हावाले भरिएको ‘बैलुन’जस्तो छ । अर्थात् कुनै ठोस कुराले बैलुनलाई ठूलो नपारेझै नेपालको अर्थतन्त्रको आकारलाई पनि उद्योग एवं कृषि क्षेत्रमा भएको विकासले नभएर रेमिट्यान्सले ठूलो पारेको छ । हुनत नेपालको अर्थतन्त्रलाई ठूलो पार्नमा व्यापार र पर्यटनको पनि केही योगदान छ तर नेपालका बजारहरूलाई गुलजार गर्नमा रेमिट्यान्सको भूमिका भने सर्वाधिक महŒवपूर्ण छ । गाउँ, शहरका जग्गाको मूल्य अप्रत्याशितरूपले वृद्धि गराउनमा र सुन, चाँदीको मागलाई गगनचुम्बी तुल्याउनमा रेमिट्यान्सको ठूलो हात छ । यसैगरी विदेशबाट आयातित विलासी वस्तुहरूको माग वृद्धि गराउनमा पनि रेमिट्यान्सले अहम् भूमिका खेलेको छ ।
    अन्तर्राष्ट्रिय श्रम बजारको राम्रो उपयोग गर्नु, त्यहाँ पुगेर धेरै आय आर्जन गर्नु राम्रो कुरा हो । तर त्यहाँबाट ल्याएको पैसा आयातित वस्तु खरीद गर्न बढी खर्च गर्नु राम्रो होइन । अहिले त्यस्तै भइरहेको छ । हामी अहिले निर्यातको तुलनामा निकै ठूलो परिमाणमा आयात गरिरहेका छौं । अर्थात् देशले प्राप्त गरेको रेमिट्यान्सको प्रयोग आयातित वस्तुको भूक्तानीमा भइरहेको छ ।
    प्रश्न यो उठ्छ कि किन हामी निर्यातको तुलनामा बढी आयात गरिरहेका छौ त ?
    हामीले रेमिट्यान्सको प्रयोग (लगानी) कृषि एवं उद्योगको विकासमा नगरेर अन्य अनुत्पादक क्षेत्रमा गरिरहेका छौं र परिणामस्वरूप राष्ट्रिय उद्योग एवं कृषिले देशले माग गरे अनुसारको परिमाणमा वस्तु उत्पादन गर्न सकिरहेको छैन । भन्ने हो भने २०४६–४७ पछि, मुलुककले उदार अर्थतन्त्र नीति अवलम्बन गरेपछि, उद्योगहरूको स्थापनामा जुन स्तरमा विस्तार हुनुपथ्र्यो त्यो स्तरमा हुन सकेन । कृषि क्षेत्रमा पनि अपेक्षित सुधार हुन सकेन । कृषि केवल जीवन निर्वाहका लागि सीमित हुन पुग्यो । उन्नत प्रविधि प्रयोग गरेर कृषि उत्पादनमा वृद्धि गर्न सकिएन । यी कारणहरूले गर्दा हामीले दैनिक जीवनका लागि आवश्यक पर्ने वस्तुहरू जस्तै चामल, दाल, तेल, तरकारी, साबुन, मसला, इन्धनजस्ता राष्ट्रलाई आवश्यक पर्ने परिमाणमा उत्पादन गर्न सकेनौ र यस्ता वस्तुहरू पनि ठूलो परिमाणमा भारतबाट आयात गर्ने स्थितिमा पुग्यौं । अर्कोतर देशमा कृषि एवं उद्योगमा आएको सुस्तताको कारण निर्यातको परिमाणमा पनि वृद्धि गर्न सकेनौं । हाम्रो निर्यात व्यापार निराशापूर्ण छ ।
    हामीले विदेशी भूमिमा रगत र पसिना बगाएर कमाएको पैसा कसरी विदेश (खासगरी भारत) मा नै फर्किरहेको छ भन्ने कुराको एउटा सामान्य उदाहरण हेरौं । आव  २०७३–७४ र २०७४–७५ मा नेपालले क्रमशः ७,३०४.९ र ८,१६३.३ करोड रुपियाँ बराबर निर्यात गरेको थियो भने सोही अवधिमा आयात क्रमशः ९९,०११.३ र १२४,२८२.७ करोड रुपियाँ बराबर गरेको थियो । सोही अवधिमा भारतबाट क्रमशः ६३,३६७. ० र ८०,९८१. ४ करोड रुपियाँ बराबर आयात भएको थियो । यसरी नेपालले उक्त दुई वर्षमा क्रमशः ९१,७०६.४ र ११६,११९.४ व्यापार घाटा बेहोरेको थियो । यो व्यापार घाटा सामान्य होइन ।
    माथिको उदाहरणबाट के देखाउन खोजिएको हो भने यदि हामीले राष्ट्रिय उपभोगका लागि स्वदेशमा नै विभिन्न वस्तु उत्पादन गर्न सकेको भए यति ठूलो परिमाण (माथि उल्लिखित) को आयात गर्नुपर्ने थिएन । यति ठूलो परिमाणमा आयात गर्नु नपरेको भए हामीले विदेशबाट आर्जन गरेर ल्याएको आम्दानीबाट राम्रो बचत (राष्ट्रको आर्थिक विकासमा सदुपयोग गरेर) हुने थियो ।
    हामीले रेमिट्यान्सको प्रयोग नेपालमा उद्योगहरूको विकासका लागि गर्नु नितान्त आवश्यक छ । यस किसिमबाट अहिले जस्तो, देशको अर्थतन्त्रलाई आयातमुखी (निर्यात ज्यादै कमको स्थितिले) पारेर देशलाई दीर्घकालमा कुनै फाइदा छैन । देश कालान्तरमा गरीब हुन्छ । देशमा उद्योग र कृषिको विकास नभएमा विदेशबाट कमाएर ल्याएको पैसा (बढी आयातले गर्दा ) विदेशमा नै फर्केर जान्छ । जुन अहिले भइरहेको छ ।
    हामीले स्वदेशमा नै ठूलो परिमाणमा वस्तुहरू उत्पादन गर्ने हो भने आयातको परिमाणमा कमी मात्र आउँदैन, मुलुकमा कृषि एवं उद्योगको क्षेत्रमा विकास हुन पुगेर रोजगारका अनेक अवसर पनि सृजना हुन्छ । धेरै व्यक्तिले रोजगार पाउँछन् । धेरै व्यक्तिको क्रय शक्तिमा वृद्धि हुन्छ । र यसरी मुलुकको गरीबी पनि कम हुन्छ ।
    स्मरण रहोस, हामीले कम मूल्य मात्र होइन, उच्च मूल्यका वस्तुहरू पनि अति नै आयात गर्छौ । यसले गर्दा पनि हाम्रो व्यापार घाटाको आकार ठूलो हुन पुगेको हो । खासगरी हामीले भारतबाट उच्च मूल्यका वस्तुहरू जस्तै ट्रक, बस, ट्याक्टर, मिनिबस, भ्यान, कार, मोटर साइकल, मेशिन, औजार, उपकरण आदि ठूलो सङ्ख्यामा आयात गर्छौं । र प्रत्येक वर्ष गर्छौं । जबकि हामीले भारतलाई कम मूल्यका वस्तुहरू मात्र निर्यात गर्छौं । भारतसँग हाम्रो यो व्यापार साझेदारीमा हामीलाई ज्यादै कम, भारतलाई धेरै फाइदा भएको छ । यो स्थितिको लागि हामीले भारतलाई होइन, आफैंलाई दोषी मान्नुपर्छ ।
    नेपाल अटोमोबाइल (कार, ट्रक, बस आदि) को राम्रो बजार भएको सन्दर्भमा हामीले स्वदेशमा नै कार, ट्रक, बस उत्पादन गर्दा राम्रो हुने हो । तर उत्पादन गर्न सकेका छैनौं र ठूलो सङ्ख्यामा भारतबाट आयात गरिरहेका छौं । नेपालमा दिन प्रतिदिन कार, बस, ट्रक आदिको मागमा वृद्धि भएको, यी साधन प्रयोगकर्ताहरूको सङ्ख्या पछिल्ला वर्षमा ह्वात्तै बढे तापनि हामीले सवारीका साधनहरू स्वदेशमा उत्पादन गर्न सकेका छैनौं । स्वदेशमा नै सवारीका साधनहरू उत्पादन गरेर, व्यापार घाटा कम पार्ने, रोजगार सृजना गर्ने अमूल्य अवसर गुमाइरहेका छौं । यसरी हामीले रेमिट्यान्सको प्रयोग केवल आयातित वस्तु खरीद गरेर, आयातित वस्तुहरूको प्रयोगबाट देशमा आर्थिक विकास भएको भान पारेर, नेपालको अर्थतन्त्रलाई फुकेको बैलुनझैं पारेका छौं । यदि बैलुनबाट हावा गएमा बैलुन च्याउरिन पुगेझैं, अन्तर्राष्ट्रिय बजारबाट नेपालले रेमिट्यान्स ल्याउन नसके नेपालको अर्थतन्त्र पनि बैलुनझंै च्याउरिन सक्छ । तर यो स्थितिबाट जोगिन आवश्यक छ ।
    माथि उल्लेख गरिएको स्थितिबाट जोगाउन वा नेपालको अर्थतन्त्रलाई बैलुनझैं खुम्चिन नदिन नेपालमा उद्योगहरूको स्थापना गर्न अति आवश्यक छ । वर्तमानको कृषि अवस्थामा सुधार ल्याउन आवश्यक छ ।
    नेपालमा उद्योग एवं व्यापारको विकास गर्न अनियमन (मभचभनगबितष्यल) मा जोड दिन पनि उत्तिकै आवश्यक छ । अनेक किसिमका झन्झट र ढिला सुस्ति (दगचभबगअचबअथ) उत्पन्न गराउने व्यापार नियम खारेज गर्दै उद्योग, व्यापार सञ्चालन गर्न व्यापारीलाई सजिलो हुने वातावरण तयार पार्न जरूरी छ । सजिलो र कम नियम–कानूनको व्यवस्था गरेर व्यापारीहरूलाई व्यापार गर्न सजिलो हुने अवस्था सृजनन गर्नुपर्छ, किनभने देशलाई धनी तुल्याउने (बढी कर भुक्तान गरेर ) कार्य व्यापारीहरूले गर्ने हो, कर्मचारीहरूले गर्ने अति नियमन (तष्नजत चभनगबितष्यल) कार्यले होइन ।
    निर्यात प्रवद्र्धन गर्न सरकारले प्रत्येक वर्ष व्यापारीहरू सम्मिलित राष्ट्रिय सम्मेलन गर्नुपर्ने थियो तर गर्न सकेको छैन । त्यस्तो सम्मेलन गराएर व्यापारीहरूको राय सल्लाह सुन्नुपथ्र्यो तर सुनेको छैन ।
बपयगतष्थिब२नmबष्।िअयm

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us