Wednesday, August 14, 2019

प्रदेश २ ले दियो रक्षाबन्धन र जनै पूर्णिमामा बिदा

प्रस, वीरगंज, २९ साउन/
    दुई नं. प्रदेश सरकारले रक्ष्Fा–बन्धन र जनै पूर्णिमामा सार्वजनिक बिदा घोषणा गरेको छ ।
    आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विज्ञप्ति जारी गरी रक्षाबन्धन र जनै पूर्णिमामा प्रदेश सरकारले साउन ३० गते बिहीवार सार्वजनिक बिदा घोषणा गरेको बताए । उनले रक्ष्Fाबन्धन र जनै पूर्णिमा धूमधामका साथ मनाउन शुभकामना व्यक्त गरेका छन् ।
    यसैगरी मुख्यमन्त्री लालबाबू राउत गद्दीले विज्ञप्ति प्रकाशित गरी रक्ष्Fाबन्धन र जनै पूर्णिमाको शुभकामना दिएका छन् । उनले रक्ष्Fाबन्धन र जनै पूर्णिमा प्रदेशमा भव्यताका साथ मनाउन शुभकामना व्यक्त गरेका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us