Thursday, August 15, 2019

आध्यात्मिक शिक्षाबाट अनुपम शान्तिको ऊर्जा प्राप्त हुन्छ – मुख्यमन्त्री गद्दी

प्रस, वीरगंज, ३० साउन/
    प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले रक्षाबन्धन पर्वको अवसरमा बिहीवार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र छपकैयामा राखी बाँधेका छन् ।              ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी क्षेत्रीय सञ्चालिका ब्रह्माकुमारी रविना दिदीले मुख्मन्त्री गद्दीलाई पवित्र राखी बाँधेकी हुन् ।
    रक्षाबन्धन समारोहका प्रमुख अतिथि मुख्यमन्त्रीले वास्तविक शान्तिबाट मानव वञ्चित हुनुपरेको वर्तमान अवस्थामा निस्स्वार्थरूपले मानवताको सेवामा ब्रह्माकुमारी राजयोग लागिरहेको भन्दै राजयोग आश्रममा प्रवेश गर्दा जोसुकैले पनि अनुपम शान्ति महसूस गर्ने गरेको बताए ।
    “आध्यात्मिक शिक्षाबाट जुनसुकै क्षेत्र, स्तर या पेशाका व्यक्तिले शान्ति–ऊर्जा प्राप्त गर्न सक्छ”–उनले भने । ब्रह्माकुमारी संस्थाको पवित्र कार्य दशकौदेखि नियालिरहेको बताउँदै पवित्र ब्रह्माकुमारी दिदीहरूको हातबाट राखी बाँध्न पाउँदा आपूm धन्य भएको बताए ।         समारोहमा रक्षाबन्धनको आध्यात्मिक महŒव स्पष्ट पार्दै ब्रह्माकुमारी रविना दिदीले गुरु–पुरोहितले यजमानलाई बाँध्ने रक्षासूत्र या दिदीबहिनीले दाजुभाइलाई बाँधिदिने कलात्मक राखी र उपहार त्यतिमैं स्ीमित नभई सर्वरक्षक सर्वशक्तिमान् परमात्माबाट आध्यात्मिक शक्ति एवं दिव्य गुण स्वयं धारण गर्दै विकार र दुगुर्णबाट सबैको रक्षा गर्नुरहेको बताइन् ।
    सो अवसरमा वीरगंज महानगरका मेयर विजयकुमार सरावगी, जेष्ठ नागरिक सङ्घ पर्साका निवर्तमान अध्यक्ष पशुपति विक्रम शाह, रेडक्रस पर्साका उपाध्यक्ष मधु राणा, ज्येष्ठ नागरिक सङ्घ पर्साका उपाध्यक्ष्F उषा शाह लगायतले रक्षासूत्र ग्रहण गरेका थिए ।
    क्षेत्रीय सञ्चालिका ब्रकु रविनाको संयोजकत्वमा कार्यक्रम भएको थियो । पर्वको अवसरमा सञ्चालिका रविनासहित  बेली, जया, गोपिनी, ब्रहाकुमार गोवद्र्धन र गोकुल गुभाजूको नेतृत्वमा छुट्टाछुट्टै टोलीले नारायणी अस्पताल, प्रहरी कार्यालय, भारतीय महावाणिज्य दूतावास, मानवसेवा आश्रम, बाल सुधार गृह, पुनस्र्थापना केन्द्र, वीरगंज भन्सार कार्यालय, विभिन्न विद्यालय तथा सञ्चार संस्थाका कार्यालयहरूमा पुगेर रक्षासूत्र बाँध्नुका साथै प्रसाद वितरण गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us