Sunday, July 14, 2019

निर्माण व्यवसायी सङ्घ पर्साका अध्यक्ष चौरसियाको घरमा साङ्घातिक हमला

प्रस, वीरगंज, २८ असार/
    नेपाल निर्माण व्यवसायी सङ्घ पर्साका अध्यक्ष रामाकान्त चौरसियाका छोरा रविकान्त चौरसिया पक्राउ परेका छन्।
    वीरगंज–१० आदर्शनगरस्थित चौरसियाको घरमा तीनजना युवकमाथि साङ्घातिक हमला गरी घाइते बनाएको आरोपमा प्रहरीले रविकान्त चौरसियालाई पक्राउ गरेको हो।
    भारतको बैंगलोरमा अध्ययन गरिरहेका चौरसियाका छोरा र छोरी घर आएको बेलामा उनीहरूसँगै बैंगलोरमा अध्ययन गरिरहेका तीनजना साथीलाई आज घरमा बोलाएर उनीहरूमाथि साङ्घातिक हमला गरिएको थियो। वीरगंज–११ श्रीपुर निवासी सौरभ पटेल र छपकैया निवासी बरकत अली र जावेद अन्सारीलाई चौरसियाका छोरा रविकान्त चौरसियाले घरमा बोलाएर साङ्घातिक हमला गरेपछि प्रहरीले पक्राउ गरेको हो। धारिलो हतियारबाट पटेल, अली र अन्सारीमाथि चौरसिया निवासमा आक्रमण भएको थियो। आक्रमणमा परेका तीनैजनालाई वीरगंजस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ। घटनालगत्तै चौरसिया निवासमा घाइतेहरूका आफन्तले घेराउ गरेका थिए। प्रहरी आएर घटनाका आरोपी चौरसिया पुत्र रविकान्तलाई पक्राउ गरेको थियो।
    घटनाबारेमा अभियुक्त रविकान्तका पिता नेपाल निर्माण व्यवसायी सङ्घ पर्साका अध्यक्ष्F रामाकान्त चौरसियाले आपूm घरबाहिर रहेको बेला घटना भएको र पछि मात्र थाहा भएको बताए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us