Friday, July 12, 2019

बहुदरमाई नपा र लिपनी खुला दिसामुक्त घोषित

प्रस, पर्सागढी, ३७ असार/
    बहुदरमाई नगरपालिका खुला दिसामुक्त घोषणा भएको छ ।
    शुक्रवार आयोजित विशेष समारोहमा सो नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको हो । नगरपालिकाका प्रमुख तथा खुला दिसामुक्त अभियानका अध्यक्ष्F नितेन्द्रप्रसाद साहको सभापतित्वमा आयोजित कार्यक्रमका मुख्य अतिथि पूर्वराज्यमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया थिए । कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र चौधरी, समाजसेवी अशोक गुप्ता, नेपाल पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्कालगायतको सहभागिता थियो ।
प्रस, परवानीपुर/
    बाराको परवानीपुर गाउँपालिका वडा नं ३ लिपनी शुक्रवार खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ ।
    हबिब मार्केटको सभाकक्षमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिनारायण साहले सो वडालाई बाराको ७०औं खुला दिसामुक्त क्षेत्रको रूपमा घोषणा गरे ।
    वडास्तरीय खानेपानी तथा सरसफाइ तथा समन्वय समितिले आयोजना गरेको कार्यक्रममा वडा नं २ का
अध्यक्ष इशरी साह, वडा नं ४ का अध्यक्ष गजेन्द्र पटेल, ५ का अध्यक्ष रामेश्वर कलवारलगायतको सहभागिता थियो ।
    सो वडामा ५८५ घरमा चर्पी निर्माण भई प्रयोगमा आइसकेकोले खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको जनाइएको छ ।
    युएन हैबिटैटको आयोजना तथा आइडिआज नेपालको सहजीकरणमा उक्त वडा खुला दिसामुक्त घोषणा भएको हो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us