Friday, July 12, 2019

पुस्तकबारे

कुमार रुपाखेती
    आपूmलाई व्यस्त बनाउन अचेलको आधुनिक युगमा धेरै थरीका साधन भएपनि अमेरिकामा सम्पूर्ण जगत् बुझ्न ज्ञानको सर्वोत्तम मुहान किताबलाई नै मानिन्छ । अहिले पनि अमेरिकामा दैनिक १८ लाख पुस्तक बिक्री हुन्छन् र बेलायतमा दैनिक ५ लाख पुस्तक खरीद–बिक्री हुन्छ । ठूलो जनसङ्ख्या भएको चीनमा बरु किताबको खपत कम हुन्छ । दोस्रो ठूलो जनसङ्ख्या भएपनि भारत यिनको अगाडि नगण्य छ । भारतमा बकम्फुसे र हावादारी अनि धार्मिक पुस्तक अलि धेरै बिक्दोरहेछ ।
    अमेरिका आधुनिक भएपनि पढ्ने संस्कृति त्यहाँ सक्रिय छ । नेपालमा गणतन्त्र आगमनपश्चात् पढ्ने संस्कृति पातलिएको अनुमान छ । यहाँको सरकारी साझा पुस्तकको हबिगत सबैलाई थाहै छ । पाठक नभएर वीरगंजजस्ता कतिपय ठूला शहरहरूमा साझाका पुस्तकपसलहरू बन्द नै भइसके । वीरगंजमा पनि राम्रा पुस्तकपसल छैन भन्दा पनि हुन्छ । तर अचेल नेपालमा पनि आत्मकथा लेख्ने, आप्mनो अनुभव लेख्ने प्रवृत्ति बढेको छ तर पाठक वृद्धि भएको छैन । मानो रोपी मुरी उब्जाउने माध्यम पनि हो राम्रो किताब । तर हाम्रFेमा भनसुनमा, गुणगानमा, स्तुतिगानमा लेख्ने चलन चलेको छ, जसले गर्दा पनि पाठक बिच्किएका छन् । आत्मकथामा मनगढन्ते र हुँदै नभएका कथा कथ्नेहरू पनि नेपालमैं छन् । बाबुराम भट्टराई, प्रचण्ड र ओलीका स्तुतिगानमा निकालिएका पुस्तक पढ्दा यस्तै सन्देश पाइन्छ ।
    अचेल नेपालमा पुस्तक प्रदर्शनीहरूमा समेत उचित मात्रामा पुस्तक बिक्री भएको पाइँदैन । डा. केदारभक्त माथेमालाई नेपालको शिक्ष्Fाविद् मानिन्छ । उनको अनुसार यस्तो निराशाजनक स्थिति त पञ्चायतकालमा पनि थिएन रे । पढ्ने संस्कृतिको विकास होस् भनेर कतिपय कार्यक्रमहरूमा ऐतिहासिक पुस्तकसमेत वितरण गरिन्छ तर परिणाम शून्य नै छ ।
    घरघरमा टिभी, हातहातमा आधुनिक मोबाइल पुगेकाले पनि नेपालजस्तो मुलुकमा पुस्तक पढ्ने प्रवृत्तिमा कमी आएको बताइन्छ । त्यस्तै, विगतमा राजनीति गर्नेहरू अध्ययनशील हुन्थे । अचेल राजनीति गर्न अध्ययन होइन, अवसरको खोजी गरिन्छ । डा. डिल्लीरमण रेग्मीको घरमा त किताबको डुङ्गुर देखिन्थ्यो एकताका ।
    नेपालका लेखकहरू पनि गजबगजबका थिए । कसैकसैलाई लेख्न सफा टेबुल, सेतो कागज, सर्रर चल्ने कलम र यथेष्ट उज्यालो भए पुग्ने, लक्ष्मीप्रसाद देवकोटालाई चुरोट नै काफी हुन्थ्यो, जाँडको तालमा लेख्ने त अभैm जिउँदै छन् । २०५८ जेठ १८ गतेको नारायणहिटी हत्याकाण्डलाई नै लिउँ । घटनाका बेला त्यहाँ उपस्थित थिएँ भन्नेहरूले आआप्mनै किसिमले घटनाबारे किताब नै लेखे । उपस्थित थिएँ भन्नेहरूले घटनाबारे आआप्mनै किसिमले व्याख्या गरी लेखे, जुन बेमेल पनि छन् । तिनले वीरेन्द्र वंश हत्याकाण्ड हट केक ठानेर पैसा कमाउने उद्देश्यले लेखेको प्रस्ट छ । एउटै घटनाको प्रत्यक्षदर्शी भन्नेहरूले अनेकथरी किताब छापेर भ्रम नै पैmलाएका छन् ।
    काठमाडौंको भोटाहिटी कुनै बेला सबै किसिमका दुर्लभ पुस्तक पाउने केन्द्र थियो । अचेल भोटाहिटीबाट पुस्तकपसलहरू नदारत छन् । नेपालमा नयाँ पुस्तामा पुस्तक पढ्ने अभिरुचि एकदमै न्यून देखिन्छ । सबैलाई डिग्री हासिल गरेर जागीर पाउने हतारो छ । नेपाली पुस्तक महँगो पनि हुने भएकोले पुराना पुस्ताहरूमा खरीद गरेर पढ्ने क्षमता छैन ।
    त्यसो पनि नेपालमा अचेल सरस्वतीपुत्रहरू घट्दो र लक्ष्मीपुत्रहरू बढ्दो अवस्थामा छन् । नयाँ पुस्ताहरूमा लक्ष्मीप्रसाद, मोतीराम, भानुभक्तका बारेमा कम र विनोद चौधरी, उपेन्द्र महतो, अम्बानीबारे बढी जानकारी र जिज्ञासा देखिन्छ । पुस्तक मोह नदेखिनुको कारण नेपालको गरीबी पनि हो । नेपाल सरकार पनि लेखक र पुस्तकप्रति निर्दयी र बेपरवाह देखिन्छ, जसले गर्दा नयाँ पुस्ता देशको इतिहास र भूगोलबारे पनि राम्ररी जानकार छैन । तर पुस्तक मोह जगाउनु हामी सबै साक्षर व्यक्तिको दायित्व हो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us