Friday, July 12, 2019

रामायण सर्किट र हामी

    रामायणपथको लागि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री लालबाबू राउत गदीले बताएका छन् । ‘रामायण सर्किट पूर्वाधार विकास’ विषयक गोष्ठीमा मुख्यमन्त्रीले सो कुरा बताएका हुन् । भारतको उत्तर प्रदेश सरकारले ‘स्वदेश दर्शन योजना’ अन्तर्गत मर्यादा पुरुषोत्तम श्रीराम र आदर्श नारी सीता मातासँग सम्बन्धित ऐतिहासिक धार्मिक महŒवका अति महŒवपूर्ण स्थलहरूलाई जोडेर रामायणपथको अवधारणा ल्याएको हो । भारतका विभिन्न १० वटा राज्यका १५ वटा स्थानलाई रामायणपथले जोड्नेछ । यसरी जोडिने स्थानहरूमा उत्तर प्रदेशको अयोध्या, शृङ्गवेरपुर र चित्रकुट, बिहारको सीतामढी, बक्सर र दरभङ्गा, मध्य प्रदेशको चित्रकुट, पश्चिम बङ्गालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलङ्गानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम्, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुर छन् । योजना सुरुआत वर्ष उत्तर प्रदेश सरकारले २२३ करोड भारु विनियोजन गरेको थियो । केन्द्र्र सरकारले गत वर्ष ५,८०० करोड बजेट विनियोजन ग¥यो ।
    रामायणपथलाई नेपाल र श्रीलङ्कासम्म विस्तार गर्ने भारत केन्द्र सरकारको दीर्घकालीन योजना छ । सोही योजना मुताबिक बितेको साल वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर–अयोध्या बससेवालाई हरियो झन्डा देखाउँदै बिदा गरेर रामायणपथको संयुक्त उद्घाटन गरेका थिए । करीब ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको उक्त पथमा भारततर्पm सडक निर्माण तथा सुधार, मन्दिर, घाट एवं पर्यटकीय पूर्वाधार निर्माणलगायतका कामहरू युद्धस्तरमा भइरहेका छन् । नेपालतर्पm भने न त केन्द्र सरकारले यस पथलाई प्राथमिकता दियो, न त प्रदेश सरकारले नै । भाषण र रासन फरक कुरा हुन् । यदि सबै काम भारतले नै गरिदेओस् भन्ने सोच हो भने पनि औपचारिकरूपमा भीख माग्न सक्नुप¥यो । आजसम्म यो औपचारिकता पनि पूरा गरेको छैन । रामायणपथ निर्माणबाट भारतलाई जति फाइदा छ, त्योभन्दा बढी नेपाललाई हुन्छ । रामायणमा अयोध्यापछिको महŒवपूर्ण स्थल जनकपुर मानिन्छ । भारतका विभिन्न १० राज्यबाट आउने धार्मिक पर्यटक र हाम्रो मुलुकबाट भारत जाने धार्मिक पर्यटकको तुलना गर्दा आउने नै बढी हुन्छ । भारतका महŒवपूर्ण स्थानहरूमा प्रदेश २ को सीधा पहुँच पुग्छ । यसले व्यापारिक, शैक्षिक, धार्मिक, सांस्कृतिक र आर्थिकरूपमा सकारात्मक प्रभाव पर्नेछ । तर ‘चपाइ दिए निलौंला’ भन्ने प्रवृत्ति त्याग्न जरुरी छ ।
    हाम्रोतर्पm सरकारी स्तरमा भन्दा जनस्तरमा रामायणपथबारे चासो देखिएको छ । त्रेतायुगमा रामले धुनी बालेको विश्वास गरिएको सुनसरीको रामधुनीलाई पनि रामायणपथमा जोड्नुपर्ने भन्दै त्यहाँका स्थानीय अगुवाहरूले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतीय दूतावास काठमाडौं र जानकी मन्दिरका महन्तलाई समेत ज्ञापनपत्र बुझाएका छन् । तर सीता माता गर्भवती छँदा लुकेर बसेको मानिएको पर्साको सीता गुफालाई रामायणपथमा जोड्नुपर्ने भनी कसैले पनि कुरा उठाएको छैन । रामायणमा समेत उल्लेख भएको वाल्मीकि आश्रमको क्षेत्रमा पर्ने सीता गुफा ठोरीबाट अयोध्या र सीतामढी नजीक पर्छ । सुनसरीको रामधुनीबाट जनकपुर र जनकपुरबाट ठोरी हुँदै वाल्मीकि आश्रमसम्म रामायणपथ जोड्न सकेमा प्रदेश २ का सबै क्षेत्र प्रगतिमय हुन सक्छ । सम्भावनालाई चिन्न र अवसरलाई समात्न सक्नु मुख्य कुरा हो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us