Friday, July 12, 2019

सर्पदंशबाट महिला घाइते

प्रस, वीरगंज, २७ असार/
    ठोरी गाउँपालिका–२ बस्ने ४८ वर्षीया कृष्णकुमारी तामाङ सर्पदंशबाट घाइते बनेकी छन् ।
    गएराति साढे ९ बजे शौचालय जानेक्रममा तामाङलाई सर्पले टोकेको हो । उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि नारायणी अस्पताल वीरगंज ल्याइएको छ ।
    गर्मी र वर्षात्मा सर्पदंशका घटना ठोरीलगायतका क्ष्Fेत्रमा धेरै हुने गरेको भएपनि  स्थानीय स्वास्थ्य चौकीहरूसहित जिल्ला अस्पताल पोखरियामा समेत सर्पदंशविरुद्धको औषधि उपलब्ध छैन । सर्पदंशविरुद्ध औषधि लिन वीरगंज आउनुपर्ने बाध्यकारी अवस्थाले कतिपयको बाटैमा मृत्यु हुने गरेको छ । यस वर्ष पनि सर्पदंशका कारण जिल्लाको ग्रामीण क्षेत्रमा सर्वसाधारणको ज्यान जानेक्रम शुरू भइसकेको छ । स्वास्थ्य सेवालाई स्थानीय तह अन्तर्गत राखिए पनि ठाउँ अनुसार रोग तथा स्वास्थ्य समस्याका औषधि स्थानीय तहले जोहो गर्न नसक्दा अहिलेसम्म निराकरण हुन सकेको छैन ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us