Saturday, July 27, 2019

नलेखिएको कथाको परिवेश

सञ्जय मित्र
    सर्लाहीमा जन्मेका विश्वराज अधिकारी अहिले अमेरिकी नागरिक हुन् । अमेरिकाको ओक्लोहोमा सिटीमा रहेको कम्युनिटी कलेजका प्राध्यापक अधिकारी वीरगंजलाई अत्यधिक माया गर्छन्। रौतहटसँग पनि सम्बन्ध राख्ने अधिकारीका विभिन्न साहित्यमा सर्लाही, रौतहट र वीरगंजको जीवन्त परिवेश प्रस्तुत गरिएको पाइन्छ। काठमाडौंको न्युरोड पनि अधिकारीको सिर्जनामा निरन्तर आइरहने भूगोल हो ।
    विश्वराज अधिकारी बहुमुखी प्रतिभाका धनी साहित्यकार हुन्। गीत तथा कविता र संस्मरणमा कलम चलाइरहेका अधिकारी अखबारमा पनि नियमित लेखरचना प्रकाशित गर्दछन्। अनुवाद, अनुभव तथा विचारलाई पनि यिनी महŒव दिन्छन्। अङ्ग्रेजी भाषामा पनि साहित्यसिर्जन गर्ने अधिकारी पूर्वीय हिन्दू दर्शन र साहित्यको अध्ययनमा रुचि राख्छन्। आप्mनै ब्लगसमेत चलाउने अधिकारीको मुख्य सिर्जन क्षेत्र आख्यान हो।विषय प्रवेश
    सामान्यतया परिवेश भन्नाले देश, काल र परिस्थिति भन्ने बुझिन्छ। साहित्यमा लाग्ने प्रारम्भिक अर्थ हो। यसले साहित्यभित्रको विशाल अर्थलाई समेट्दछ। साहित्यमा कविताको पनि परिवेश हुन्छ। झन् आख्यान त परिवेशविहीन हुनै सक्दैन भन्ने मान्यता नै छ। कथाको परिवेशले कथालाई सशक्तता, विश्वसनीयता बनाउँछ भन्ने कथोपकथनमा सहयोग पनि पु¥याउँछ। यसले गर्दा कथाको परिवेशलाई विश्वसनीयतको आधार मानिन्छ।
    कथाको देश भनेको कथामा प्रयुक्त ठाउँ हो। यसैगरी काल भनेको समय हो र परिस्थिति भनेको घटनाको तारतम्य हो। यी तीनवटैको समुचित समन्वयले कथाको आन्तरिक वातावरण मिलाउने हुन्छ।
कथाको मुख्य विषयवस्तु
    नलेखिएका कथा साहित्यकार विश्वराज अधिकारीको नवीनतम कथाकृति हो। विगत यस कथाकृतिका कथाहरूको आधारभूमि हो। आकर्षण, प्रेम, अनुराग, अतिशयोक्ति तथा रागात्मकता यस सङ्ग्रहको सम्पत्ति बन्न पुगेका छन्। कथानकको भावभूमिले खोजेको परिवेशले कथामा आएकाले कथालाई तुलनात्मक विश्वसनीय बनाउन सहयोग पु¥याउँछ। प्रस्तुत कथासङ्ग्रह आपैंmमा प्रेम र रागात्मकतामा केन्द्रित रहेकाले यसमा यसै किसिमको परिवेशको निर्माण गरिएको छ।
नलेखिएको कथाको परिवेश
    साहित्यकार विश्वराज अधिकारीको नवीनतम कथाकृति नलेखिएको कथाको परिवेशमा विविधता रहेको छ। यस कृतिका कथाहरूले अमेरिकादेखि नेपालसम्मका विभिन्न स्थानलाई समेटेका छन्। अधिकांश कथाहरूले कस्तो सूत्र बुनेका छन् भने अमेरिकामा कार्य गरिरहेको र नेपालमा आउँदा विपरीत लिङ्गी पात्रसित भेट भएको बताइएको छ । विपरीत लिङ्गीसित पहिले प्रेम गरेको र त्यतिबेला भन्न नसकेको तथा अहिले धेरै समयपछि बल्ल भन्ने मौका प्राप्त भएको देखिएको छ।
    एकाध कथाबाहेक सबैमा वीरगंज आएको छ। वीरगंजमा क्याम्पस पढेको उल्लेख छ। कतै अमेरिकामा पढाइरहेको, अमेरिकाबाट काठमाडौंको यात्राको क्रममा अर्को पात्रसित भेट भएको, हवाईजहाजमा भेट भएको र काठमाडौंमा भेट भएको बताइएको छ ।
    कृतिमा वीरगंजको जति धेरै उल्लेख छ, काठमाडFैंको न्युरोड र न्युरोडको एउटा रेस्टुरेन्टको पनि उत्तिकै चर्चा छ । रेस्टुरेन्टमा दुई पात्र भेट भएको र दुवै पात्रको विगत खोलिएको, खोतलिएको वा रहस्यलाई सार्वजनिक गरिएको छ। कथाकृतिमा आएका कथाहरूले बोकेको भौगोलिक परिवेशको वर्णन खासै गरिएको छैन, बरु कथानकलाई गति प्रदान गर्नेक्रममा भूगोल/स्थानहरूको उपयोग गरिएको पाइएको छ। एउटा कथामा इतिहास बताउनेजस्तो शैलीको उपयोग भने गरिएको छ, जसले एकै नामका अन्य स्थान हुने कुरालाई सार्वजनिक गरेको छ। भौगोलिक दृष्टिले कथामा अर्को सचेतना के पनि अपनाइएको छ भने करीब हरेक कथामा कमसेकम दुई अलगअलग स्थानको उपयोग गरिएको छ।
    कालगत दृष्टिले यस कथाकृतिका कथाहरूले वर्षौंको समयलाई समेटेका छन् । केही कथाहरूले चालीस वर्षको समय पनि लिएका छन्। एकाध दशक स्वाभाविक किसिमले आएको छ। चालीस वा तीस वर्ष पहिले प्रेम गरेको तथा त्यतिबेला भन्न नसकेको र अहिले मौका पाएर सोही कुरा व्यक्त गरेको बताइएको छ।
    अधिकांश कथामा कुनै ठूला घटना देखिएका वा देखाइएका छैनन्। विगतको समयमा प्रेम गरेको र सोही कुरा पहिले भन्न नसकेकोले अहिले तारतम्य मिलाएर रेस्टुरेन्टमा भन्ने परिवेश मिलाइएको छ। कथाले वर्तमानको उपयोग विगतको कुरा भन्नलाई रेस्टुरेन्टको उपयोग गरिएको छ। नेपालमा र नेपालबाहिर पनि यस प्रकारको शैलीको उपयोग गरिएको पाइएको छ। समयको व्यवस्थापन निकै विश्वसनीय किसिमले मिलाइएको छ। कथाको तारतम्य मिलाउन जुन किसिमको तारतम्य मिलाउन घटनाक्रम मिलाएको छ, त्यसले कथामा विश्वसनीयता थपेको छ।
निष्कर्ष
    विगतको कुरा सुनाउनलाई अधिकांश कथाले परिवेश मिलाएको हुनाले परिवेशगत दृष्टिले यो सङ्ग्रह विशिष्ट बन्न पुगेको छ। यस सङ्ग्रहलाई विगत खोतल्ने कथासङ्ग्रह पनि भन्न सकिन्छ। वर्षौंदेखि मनभित्र रहेको भावलाई प्रवाह दिने उचित तारतम्य मिलाएको छ। उचित समयको संयोजन गरिएको छ। मनोवैज्ञानिकताले भरिएको यस कथासङ्ग्रहमा बलात्कारप्रति नयाँ दृष्टिकोण प्रस्ताव गरेको छ। स्वदेश र विदेशको गरी दुई किसिमको परिवेशको सन्तुलन मिलाइएको छ। दुई कालखण्डको सन्तुलन मिलाइएको छ। जीवनका दुई धारमा लागिसकेका दुई पात्रको मनको गुम्फन र तात्कालिक पारिस्थितिक कथानकलाई विश्वसनीय किसिमले प्रस्तुत गरिएको छ। समग्रमा के स्पष्ट हुन्छ भने नलेखिएका कथाभित्रको कथाले समग्र कथालाई विश्वसनीय र पठनीय बनाउन मात्र नभई कथाहरूलाई नौलो स्वरूप प्रदान गर्न विशिष्ट भूमिका निर्वाह गरेको पाइएको छ। यसको परिवेशले कथाहरूलाई उत्कृष्ट बनाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको र वर्णनमा आएको परिवेशले पनि कथाहरूलाई बोधगम्य बनाउन सहयोग गरेको देखिएको छ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us