Wednesday, July 17, 2019

सरस्वती मावि गापामा उत्कृष्ट पुरस्कार २ लाख

प्रस, ठोरी, ३१ असार/
    पर्सा जिल्लाको ठोरी गाउँपालिकाका पाँचवटा सामुदायिक माविहरूमध्ये श्री सरस्वती मावि गौतमनगर उत्कृष्ट ठहर भएको छ ।
    माध्यमिक शिक्षा परीक्षामा ल्याएको नतीजा तथा मुल्याड्ढनको आधारमा सरस्वती मावि उत्कृष्ट रहेको गापा शिक्षा शाखाले जनाएको छ। उत्कृष्ट भएबापत सिकाइ सुदृढीकरणका लागि पुरस्कार तथा प्रोेतसाहनस्वरूप पाउने रु २ लाख नगद सो विद्यालयलाई अनुदान उपलब्ध गराउन स्थानीय सरकारमा सिफारिश पठाएको शिक्षा शाखाले जनाएको छ।
    मूल्याड्ढनमा सर्वोत्कृष्ट नतीजा हासिल गर्ने सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधार शीर्षकमा पुरस्कृत गर्ने ठोरी गापाको नीति छ।  एसइई परीक्षामा उत्तीर्ण विद्यार्थी प्रतिशत र सिकाइ उपलब्धिलाई समग्रमा ९० अड्ढको मूल्याड्ढनको आधार मानी उत्कृष्ट विद्यालय छनोट गरिएको गापाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले बताए।
    निमित्त प्रमुख प्रशासकीय अधिकृत थापा, पूर्व स्रोतव्यक्ति छोटेलालप्रसाद र गाउँपालिकामा रहेको ५ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकको संयुक्त बैठकले उत्कृष्ट विद्यालय छनोट गरेको थापाले बताए।
    मूल्याड्ढनमा ठोरी–२ स्थित सरस्वती मावि प्रथम, वडा–३ स्थित नेपाल राष्ट्रिय मावि ओडार द्वितीय र वडा नं. ४ स्थित विजयबस्ती मावि तृतीय भएका छन्।         त्यसैगरी ठोरी गाउँपालिका –१ को नेपाल राष्ट्रिय प्राविधिक मावि दिपकनगर चौथो र वडा नं. ५ स्थित ज्ञानवाटिका मावि सुवर्णपुर पाँचौं स्थानमा परेको
छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us