Sunday, July 14, 2019

वास्तविक आनन्दको लागि के गर्ने ?

    मनुष्यको मूल स्वभाव हो प्रसन्नता अथवा आनन्द। हामी सबै हरेक पल, हरेक क्षण आनन्दमा जिउन चाहन्छौं। जिउनु पनि पर्छ। यसैले हरेक पक्ष आनन्दको खोजमा लाग्छौं। आनन्दप्राप्तिको लागि के के गर्दैनौं ? मीठो खान्छौं, राम्रो लगाउँछौं, घरलाई पनि सजाएर राख्छौं तर पनि हुँदैन। आनन्द पाउन हामी जति बढी भागदौड गर्छौं, छटपटाउँदौं, आनन्द त्यत्तिकै हामीभन्दा टाढा भाग्छ। त्यसपछि कसरी आनन्द प्राप्त गर्ने ? जीवनलाई कसरी खुशीले भर्ने ? आनन्दको सीधा सम्बन्ध छ, सहजता र सरलतासँग। हामी जति सहज र सरल हुन्छौं, त्यत्तिकै बढी आनन्द हुन्छ, तर के आज हाम्रFे जीवन सहज र सरल छ ? शायद छैन। जीवनको हरेक क्षेत्रमा भागदौड। एकार्काभन्दा अगाडि बढ्ने होड। जन्मदेखि मृत्युसम्म प्रतियोगिता, विश्लेषण र अरूसँग तुलना । यस्तोमा के आनन्द प्राप्त गर्न सकिन्छ ? शायद सकिंदैन। त्यसो भए आनन्द कसरी प्राप्त गर्ने ? त्यसलाई कहाँ खोज्ने ?
    प्रश्न उठ्छ, हामी आनन्दलाई कहाँ खोज्ने ? आज हामी बाहिरको संसारमा खुशीलाई खोज्छौं। वस्तुमा सुख खोज्छौं । धन–सम्पत्ति, पद–प्रतिष्ठामा आनन्द खोज्छौं। हाम्रFे खुशी, हाम्रFे आनन्द हामीले मन पराउने वस्तु वा घटनामा आधारित छ। मन परेको वस्तु पाएछौं वा मन लागेको घटना घटित हुन्छ, तब हामी खुशी हुन्छौं, नत्र हाम्रो दुःखको सीमा रहँदैन। हाम्रो आनन्द कसैको सहारामा टिकेको हुन्छ। जसरी त्यो सहारा वा आधार खस्किन्छ, हामी आनन्दरहित हुन्छौं। यस्तो आनन्द वास्तविक आनन्द हुन सक्दैन। धन–सम्पत्ति, पद–प्रतिष्ठा, आज्ञाकारी बच्चा, मन लागेको भोजन–वस्त्र, युवावस्था–जस्ता शारीरिक शक्ति एवं अन्य परिमित भौतिक सुख सुविधा नभएपछि जहाँ मनमा कष्ट हुँदैन र जे उपलब्ध छ, त्यसैमा सन्तुष्टिको भाव बनिरहोस्, त्यसैलाई नै वास्तविक आनन्द भन्न सकिन्छ।
    त्यसो भए यो वास्तविक आनन्द कसरी प्राप्त गर्ने ? साँचो खुशी वा आनन्द पाउनु छ भने त्यसलाई वस्तु र घटनामा खोज्न छाड्नुपर्छ। खुशी बाहिर खोज्नुभन्दा त्यसलाई आपूmभित्र खोज्नुपर्छ । आनन्दको वास्तविक स्रोत हामीभित्र छ। हाम्रFे मन तथा हाम्रो मनको भाव बढी महŒवपूर्ण हुन्छ। यदि मन आनन्दले भरिएको छ भने बाहिरी संसारमा वस्तुको कमीले पनि हाम्रो आनन्दमा कमी गर्न सक्दैन। सकारात्मक विचारमा ओतप्रोत मन नै सच्चा आनन्द प्रदान गर्नमा सक्षम छ। अब धर्मको यसमा के भूमिका हुन सक्छ। यसैले धर्मको वास्तविक स्वरूपलाई पनि जान्नुपर्छ। धर्म के हो ? धर्म अरू केही होइन, केवल ती राम्रF गुणको समुच्चय हो, जुन सकारात्मक ढङ्गबाट जीवन जिउनमा सहायक हुन्छ। सकारात्मक ढङ्गले जीवन जिउनु नै आनन्ददायक हुन सक्छ, नकारात्मक ढङ्गबाट होइन। यसैले जीवनलाई राम्ररी जिउनको लागि धर्ममा प्रवृत्त हुनुपर्छ। धर्मका तीन प्रमुख तŒव वा अङ्ग मानिएको छ–
१. अध्यात्म अथवा दर्शन वा नैतिकता
२. प्रतीक
३. कर्मकाण्ड
    अध्यात्म वा दर्शन धर्मको आन्तरिक तŒव हो, जबकि प्रतीक र कर्मकाण्ड बाह्य तŒव हुन्। आन्तरिक तŒव बढी महŒवपूर्ण हुन्छ। आन्तरिक तŒव नै हाम्रFे साध्य हुनुपर्छ किनभने बाह्य तŒव त साधन मात्र हो। बाह्य त्यसको प्राप्तिमा सहायक हुन सक्छ। धर्मको आन्तरिक तŒव जसलाई दर्शन वा नैतिकता अथवा अध्यात्म भनिन्छ, त्यो हाम्रो आचरण नै हो– धर्मसम्मत आचरण। यो मनुष्यको विचारसँग सम्बन्धित छ। विचारको अर्थ हो साŒिवक भाव वा सकारात्मक चिन्तनबाट उत्पन्न आचरण। यो क्रिया होइन, अतः यसलाई देखाउन सकिंदैन। कार्य हामी विचारको वशिभूत भएर गर्छौं, अतः जस्तो धर्म हुन्छ, त्यस्तै कार्य गर्छौं ।
    आज हामीले धर्मको आन्तरिक तŒवलाई बिर्सिदिएका छौं। महाभारतमा एक प्रसङ्ग छ– यक्ष प्रश्न। यक्षको रूपमा धारण गरिएको धर्मले युधिष्ठिरसँग केही प्रश्न सोध्छ र युधिष्ठिरले अत्यन्त समझदारीले त्यसको उत्तर दिन्छन्। सबै प्रश्न न केवल महŒवपूर्ण र जान्न–बुझ्नयोग्य छ, अपितु वर्तमान सन्दर्भमा पनि त्यसको प्रासङ्गगिकता कम भएको छैन। यसैबाट यक्ष प्रश्न आज एउटा उखान टुक्का बनेको छ। यक्षले युनिधिष्ठरसँग एक प्रश्न सोधेका थिए कि मनुष्यको साथ कसले दिन्छ ? युधिष्ठिरले जवाफ दिए– धैर्य नै मनुष्यको साथी हो। यदि आजको परिप्रेक्ष्यमा हेर्दा यो स्पष्ट हुन्छ कि धैर्य नै मनुष्यको वास्तविक एवं उत्तम साथी हो। धैर्यको अभावमा, धैर्यबाट रहित मनुष्यले सरलताले जीवनयापन गर्न सक्दैन।
    आज हाम्रो अगाडि जति पनि समस्या छन्, ती सबै धैर्यको पालन नगरेको कारणले नै हो। आज राजनीतिमा जुन मूल्यविहीनता देखिन्छ, त्यो पनि धैर्य अथवा धर्मको अभावको कारणले हो। जीवन जिउने जुन कला छ, त्यो धर्म नै हो। धर्मको अभावमा उत्कृष्ट जीवन त टाढाको कुरा हो, सामान्य जीवन जिउन पनि असम्भव छ। धैर्य जीवन जिउने कला धर्मका लक्षण हुन्। धर्मका दश लक्षण बताइएको छ–
    धृतिः क्षमा दमोऽस्तेयं शौचमिनिन्द्रयनिग्रहः।
    धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम्।।
    धैर्य, क्षमा, दम, चोरी नगर्नु, शुचित, इन्द्रिय–संयम, बुद्धि, विद्या, सत्य र अक्रोध– यी धर्मका दश लक्षण हुन्। धैर्यलाई यहाँ पहिलो स्थानमा राखिएको छ। वास्तवमा जुन व्यक्तिमा धैर्य छैन, त्यो धार्मिक हुन सक्दैन र जुन धर्ममा धैर्य अथवा सहिष्णुताको अभाव छ, त्यो धर्म नै होइन। जहाँ धर्मको नाममा तरबार उठ्छ, थाहा छैन त्यो कस्तो धर्म हो ?
    हाम्रो दिनचर्याको जीवनमा पनि कमोवेश यही भइरहेको छ। कुनै न कुनै प्रकारका तरबार हाम्रो टाउकोमा मडारिरहेको छ। हामी हरेक क्षण कुनै न कुनै प्रकारको तनावबाट ग्रस्त रहन्छौं । यसको प्रमुख कारण धैर्यको कमी नै हो । हामी सबैथोक आज र यसै समयमा हासिल गर्न चाहन्छौं। हामीसँग पर्याप्त साधन छैन भने के भयो ? जे चाहिन्छ कुनै पनि गलत–सही तरीकाले हासिल गर्छौं। धैर्यको अभावमा हामी अनैतिक मात्र होइन, अपराधी पनि बन्दै गइरहेका छौं। कुनै वस्तु तत्क्षण पाउनको लागि भूmट बोल्न परहेज गर्दैनौं। धैर्य छ भने भूmटो बोल्दैनौं। सत्यको पालन गर्छौं। सत्य नै धर्मको एक लक्षण हो। धैर्य यति चुकेको छ कि कुनै कार्य गर्नुभन्दा पहिले परिणामबारे सोच्ने पनि गर्दैनौं। धैर्य छ भने नराम्रो कार्य गर्ने अथवा नराम्रो समयलाई सराप्नुको अपेक्षा राम्रो दिनको प्रतीक्षा गर्नेछौं। धैर्यको अभावमा नराम्रो कामको नराम्रो परिणाम भोग्नुपर्छ ।
    युधिष्ठिरका अन्य चार भाइमा धैर्य थिएन, अतः यक्षको प्रश्न उपेक्षा गरेर त्यस मायावी सरोवरको पानी पिउँछन् र अचेत भएर खस्छन्। युधिष्ठिरमा धैर्य थियो, अतः यक्षको उपेक्षा गर्नुको सट्टा ध्यानपूर्वक उसको कुरा सुने र प्रश्नको धर्मसम्मत उत्तर दिएर
केवल यक्षको आशीर्वाद प्राप्त मात्र गरेनन्, अपितु आप्mना चार मृत  प्रायः भाइलाई पनि जीवित गर्न
सफल भए। आज हामीमा पेय–अपेय, खाद्य–अखाद्य, दर्शनीय–अदर्शनीय, वचनीय–अवचनीय तथा श्रवणीय–अश्रवणीयमा अन्तर्भेद गर्ने विवेक र धैर्य रहेन, तब हाम्रो हरेक क्षेत्रमा दुर्गति भइरहेको छ। न वाणीको संयमको धैर्य छ र न जिब्रोको संयमको धैर्य। हाम्रो स्वास्थ्य होस्, आपसी सम्बन्ध होस्, व्यापार अथवा सेवा होस्– सबै स्थानमा धैर्यको अभाव देख्न पाइन्छ। यही सबै रोगको मूलमा छ।
    धैर्य छैन भने क्षमा गर्न पनि सम्भव छैन। धैर्य छैन भने दम, चोरी
नगर्ने, शुचित, इन्द्रिय–संयम, बुद्धि, विद्या, सत्य र अक्रोध धर्मका यी
अन्य सबै लक्षणको विकास नै हुन सक्दैन । धैर्यको अभावमा न त मनमा नियन्त्रण गर्न सम्भव छ, न मनको शुभ सड्ढल्पमय हुन सम्भव छ। अतः वास्तविक आनन्दको लागि धैर्यपूर्वक धर्मसम्मत प्रयास नै वरेण्य हुन्छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us