Sunday, July 14, 2019

प्रजिअ पनि बाढीको समस्यामा

प्रस, वीरगंज, २८ असार/
    पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमेत बाढीको कारण समस्यामा परेका छन्।
    जिल्ला प्रशासन कार्यालय पर्सामा बाढीले डुबान गरेपछि उनी घरबाट बहिर निस्कने अवस्था छैन। परिसर क्षेत्रमा तीन फिटभन्दा माथि पानी थियो। शनिवार बिहान विपद् व्यवस्थापन समितिको बैठक वीरगंज उद्योग वाणिज्य सङ्घमा तोकिएकोमा प्रजिअ क्वाटर, जिल्ला प्रशासन परिसरदेखि रेडक्रस भवन नजीकसम्म सवारी चल्न नसक्ने भएपछि प्रजिअलाई फसाद परेको थियो ।
    परिसरबाट निस्कनका लागि प्रजिअले पीडितको उद्धारको लागि ल्याइएको मोटरबोटको प्रयोग गर्नुप¥यो ।
    जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको सहयोगमा यसपटक पाँचवटा मोटर बोट खरीद गरेको थियो । सेनालाई तीनवटा र सशस्त्रलाई दुईवटा मोटरबोट बाढीपीडितहरूको उद्धारको लागि उपलब्ध गराइएको छ।
    सोही बोटमध्ये सशस्त्रको भागमा रहेको एक थान बोट प्रजिअले आज प्रयोग गरेका हुन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us