Friday, July 12, 2019

सूर्य नेपालमा ६ महिलासहित ७१ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २७ असार/
    सूर्य नेपाल प्रालि सिमरामा आयोजित रक्तदान कार्यक्रममा ६ महिलासहित ७१ जनाले रक्तदान गरेका छन् ।
    सूर्य नेपाल प्रालिको आधिकारिक टे«ड युनियन बहुराष्ट्रिय कम्पनी युनियनको संयोजकत्वमा सामुदायिक कम्युनिटी सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा सुनीता थापा, श्रुति चौधरी, दीपा थापा, जुना घिमिरे, श्वेता बस्नेत, सुषमा चौधरी, बेनी तिमल्सिना, दीपक चौहान, कुलदीप चौधरी, मोहनराज अधिकारीलगायतले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् ।
    रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका सन्दीप कुशवाहा, राजाबाबू गुप्ता, विकाश वर्णवालसमेतले प्राविधिक सहयोग पु¥याएका थिए ।
आकस्मिक रक्तदान
    यसैबीच, रक्त सञ्चार केन्द्र वीरगंजमा रगत अभाव भएको खबरसँगै घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका ६ जना कर्मचारीले आकस्मिक रक्तदान गरेका छन् ।
    कार्यालय प्रमुख रीमा साहसहित सुरज राम, रमा कार्की, अशोक पाण्डे, सुदर्शन आचार्य, बाबुलाल केशरीले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले जानकारी दिएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us