Sunday, July 14, 2019

राजपूत सेवा समाजको शपथग्रहण

प्रस, वीरगंज, २८ असार/
    नेपाल राजपूत सेवा समाज वीरगंजका नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम शनिवार सम्पन्न भयो।
    कार्यक्रम समाजका निवर्तमान अध्यक्ष देवेन्द्र सिंहको सभापतित्व र समाजका अगुवा डा. रणवीर सिंहको मुख्य आतिथ्यमा भएको थियो।
    कार्यक्रममा निर्वाचनमण्डलका संयोजक अधिवक्ता विनय सिंहले नयाँ कार्यकालका अध्यक्ष पूनम सिंह, वरिष्ठ उपाध्यक्षद्वय जटेश्वरप्रसाद सिंह र यमुनाप्रसाद सिंह, उपाध्यक्ष अनिलकुमार सिंह, महासचिव सुरेन्द्र कुँवर, कोषाध्यक्ष नवनारायण सिंह र सहकोषाध्यक्ष्F सुधा सिंहलगायत कार्यसमितिका १९ जनालाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
    नयाँ कार्यसमितिका सदस्यहरूमा सुधा सिंह, अमरिश सिंह, विक्रमा सिंह, राजकुमार सिंह, रामकुमार सिंह, दीपक सिंह चौहान, रामशब्द सिंह, धीरेन्द्र सिंह, राजकिशोर सिंह र राजेश सिंह रहेका महासचिव कुँवरले जानकारी गराएका छन्।
    कार्यक्रमको सहजीकरण निवर्तमान महासचिव रामेश्वरप्रताप सिंह र स्वागत निर्वाचनमण्डलका सदस्य उदयप्रताप सिंहले गरेका थिए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us