Friday, July 12, 2019

कानून व्यवसायीलाई दलीय भावना त्याग्न मुख्यमन्त्रीको आग्रह

प्रस, जनकपुरधाम, २७ असार/
    नेपाल बार एशोसिएशनको प्रदेशस्तरीय परामर्श बैठक शुक्रवार जनकपुरमा शुरू भएको छ ।
    मुख्यमन्त्री लालबाबू राउत गदीले बैठकको उद्घाटन गर्दै सङ्घीयता कार्यान्वयनमा बारको भूमिका महŒवपूर्ण हुने बताए । उनले संविधानमा स्पष्ट व्यवस्था भएपनि तीन तहका सरकारबीच मतभिन्नता भइरहेको हुँदा त्यसको स्पष्ट व्याख्या गर्न बारको भूमिका महŒवपूर्ण हुने बताए ।
    मुख्यमन्त्री गदीले सबै क्ष्Fेत्र दलगत भावनाबाट लिप्त भइरहेकोमा दुःख व्यक्त गर्दै कानून व्यवसायीहरूलाई दलीय भावना त्याग्न आग्रह गरे । कानूनको रक्ष्Fा गर्ने जिम्मेवारी बोकेका कानून व्यवसायी दलीय भावनाबाट लिप्त हुँदा न्याय प्रभावित हुन सक्ने उनको भनाइ थियो ।
    बारका केन्द्रीय उपाध्यक्ष्F रामचन्द्र सिंहको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पनि कानून व्यवसायीहरूलाई दलीय, जातीय चिन्तनबाट माथि उठेर सङ्घीयता कार्यान्वयनको पक्षमा सघाउ पु¥याउन आग्रह गरे । कार्यक्रममा बारका केन्द्रीय अध्यक्ष चन्देश्वर श्रेष्ठ, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश हरिप्रसाद पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us