Sunday, July 14, 2019

पर्सा, बारा र रौतहट जिल्लामा डुबानको कारण जनजीवन प्रभावित

प्रस, वीरगंज, २८ असार/
    वीरगंज महानगरपालिकाको ३२ वटा वडामध्ये २७ वटा वडा डुबानमा परेको छ।
    वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले ५ वटा वडाबाहेक महानगरका सबै वडा डुबानमा परेको बताए। उनले प्रहरी प्रशासन र वडाध्यक्ष्Fलगायतका टोलीले राहत वितरणसँगै लगत सड्ढलन कार्य पनि शुरू गरेको बताए। मेयर सरावगीले चौतर्फीरूपमा डुबान भएको हुनाले सबै ठाउँको क्षति यकिन हुन नसकेको बताए । उनले आज एकै दिन रु ८ लाखको राहत एकीकृत भएको र त्यसमध्ये ४० प्रतिशत वितरण भएको बताए। मेयर सरावगीले १० वटा वडामा मात्र आज राहत वितरण गर्न सकिएको र पानीको बहाव कम भएलगत्तै सम्पूर्ण क्षेत्रमा राहत वितरण गर्न तयारी अवस्था रहेको बताए। मेयर सरावगीले तत्काल त्रिपाल र खाद्यान्नको व्यवस्था गरिएको बताउँदै सम्भव भएको क्षेत्रमा वडाध्यक्ष, प्रहरी प्रशासनको सहकार्यमा भोजनको व्यवस्था गरिएको बताए।
    राहतलाई निरन्तरता दिंदै पुनस्र्थापनको काममा पनि जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा काम अगाडि बढिरहेको मेयर सरावगीले प्रतीकलाई बताए।
    उनले राहतलाई एकद्वार प्रणालीबाट वितरण गर्न लागिएको जानकारी गराएका छन्। यसअघि राहतको नाममा दुरुपयोगसमेत भएको पाइएकोले यसपटकदेखि सबै सङ्घसंस्थाहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिमा राहत जम्मा गर्न र भर्पाइसहित राहत वितरण गर्ने कार्य शुरू भएको बताए। नेपाल रेडक्रस सोसाइटीसमेत यही प्रक्रियाबाट सञ्चालित भएको छ। यसअघि रेडक्रसले प्रभावित क्षेत्रमा छुट्टै राहत वितरण गर्दै आएको थियो।
प्रस, पोखरिया/
    बुधवारदेखि लगातार वर्षाको कारण पर्सा जिल्लाका थुप्रै स्थान डुबानमा परेका छन्। छिपहरमाई गाउँपालिकाको भिस्वा, बुडगाई, जयमङ्गलापुर, टिहुकी, कालिकामाई गापाको रविदास, पकहामैनपुर गापाको सबैठवा, खेस्राहा, धोबिया टोल, जगरनाथपुर गापाको झकराहा मसिहानी, मधुवाहा, पोखरिया नगरपालिकाको सतवरिया, पोखरिया
र बसन्तपुरमा सिकटा तथा ओरिया नदीमा आएको बाढीले ठाउँठाउँमा जलमग्न बनाएको छ। छिपहरमाई गापाको टिहुकी र पकहामैनपुर गापाको धोबिया टोल पूर्णरूपमा डुबानमा परेको छ। सम्पर्क गर्ने कुनै पनि मार्ग अहिले सुचारु छैन। दिउँसोदेखि पानी रोकिएको कारण केही ठाउँमा राहत पुगेको
छ।
    यसैगरी, बाढीका कारण पर्सा जिल्लाका तीनवटा प्रहरी चौकी विस्थापित भएको छ। प्रहरी चौकी खेस्राहाको टोली अहिले प्रावि स्कूलमा सरेको छ। यसैगरी, लक्ष्मीपुर प्रहरी चौकी वडा प्रहरी कार्यालय सबैठवामा छ भने बुडगाई प्रहरी चौकी स्थानीय एकजनाको घरमा शरण लिएको अवस्था छ।
जीतलाल श्रेष्ठ, निजगढ/
    चार दिनदेखि परेको निरन्तर झरीले निजगढ क्षेत्रको जनजीवन प्रभावित भएको छ।
    पानीले सहज निकास नपाएपछि अधिकांश बस्ती, टोल जलमग्न भएका छन्। अनियन्त्रित जग्गा प्लटिङ र घर निर्माणले गर्दा पानीले सहज निकास पाउन नसकेको हो। गौरीशड्ढर मावि आसपास क्षेत्रसमेत ठूलो डुबानमा परेको छ।
    त्यसैगरी, जमुना पैनीमा गएरातिदेखि बाढी आउँदा साना तथा ठूला सवारीसाधन केही बेर अवरुद्ध हुन पुगेको थियो। बकैया पुलमा आएको बाढीले आसपासका बासिन्दा त्रासमा छन् । निजगढ बजार क्षेत्र, शहीद चोक, असी बिघा क्षेत्र, औतारटोल, सडकटोल, बागदेवका केही भाग डुबानमा परेका छन्। पानीले सडकटोल चोकको सडक नराम्ररी भत्काएको छ।
    औतारटोलदेखि शहीद चोकसम्मको पक्की सडक पानीले जलमग्न भएको छ । सडकमा पानी बगेपछि सो सडकमा अटोरिक्शा चल्न सकेको छैन। हालको निजगढ हाटबजार आसपास र जमुनापैनी आसपासका ५० घरभन्दा बढी पानीको सहज निकास नहुँदा निक्कै कष्टकर छ। प्रभावित क्षेत्रका घरहरूमा पानी भित्र पसेपछि सो क्षेत्रका बासिन्दा रातभरि जाग्राम बसेका थिए।
    झरीकै कारण निनपाको भरतगंजसिगौंल र निजगढ जोड्ने सडकस्थित सुके पोखरी आसपासका सडक करीब ४ घण्टा अवरुद्ध भएको छ ।
    बाढी प्रभावित बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै उद्धारका आवश्यक सामग्रीसहित सुरक्षाकर्मी
सजग रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले बताए।
     नगरभित्रका उच्च जोखिममा रहेका बस्तीमा भेलबाढी, पहिरोबाट धनजनको क्षति नहोस् भन्नाका लागि सर्तक रहन आग्रह गरिसकिएको निजगढ नगरप्रमुख सुरेशकुमार खनालले बताए। “स्थानीय सरकार निजगढ नगरपालिका विपद् व्यवस्थापनको सम्पूर्ण तयारीमा रहँदै स्थानीय सुरक्षाकर्मी, सरोकारवाला संस्थाहरूसँग समेत समवन्य गरिरहेको छ,” नगरप्रमुख खनालले भने।
    वर्षाका कारण रतनपुरीका कुलिया, भक्तलाल, रामथली, बुङ्गजोर, चिसापानी, लाललगायतका बस्तीका मानिस आसपासका बस्तीसम्म जान सकेका छैनन् । अविरल वर्षाका कारण खोलामा बाढी आएसँगै एक बस्तीबाट अर्को बस्ती टोलसम्म आवतजावत गर्न नसकेको स्थानीय युवा सोनम सिंह गोलले भने।
    वर्षाका कारण विद्युत् आपूर्तिमा समेत समस्या आएको छ। बागदेवस्थित बकैया खोलामा रतनपुरीतर्पm लगिएको विद्युत् पोल ढालेपछि तीन दिनदेखि रतनपुरीको लाल, चिसापानी, बुङ्गजोर, रामथली, थली, बारथली, कुलिया, भक्तलाल, डमरपुरलगायत त्यस भेगका जनता विद्युत्विहीन बनेका छन्।
 निजगढका अधिकांश होचो स्थान डुबानमा परेसँगै खानेपानीमा समेत समस्या भएको छ। खानेपानी सरसफाइ तथा उपभोक्ता संस्था निजगढबाट वितरण गरिएको धारामा पानी नआउँदा स्थानीय पिउने पानीबाट आज बिहानैबाट वञ्चित भएका छन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us