Friday, July 12, 2019

अविरल वर्षाको कारण पर्साको ग्रामीण क्षेत्रका सडक अवरुद्ध, सदरमुकामसँग सम्पर्कविच्छेद

    पर्सा जिल्लाको विभिन्न स्थानमा वर्षा र बाढीको कारण सडक सम्पर्क टुटेका ठाउँमा पर्सा जिल्ला विपद् व्यवस्थापन समितिले मोटरबोटमार्पmत् उद्धार गर्ने तयारी गरेको छ । विपद् व्यवस्थापन समितिको निर्णय अनुसार भारतबाट रू १५ लाखमा ५ वटा मोटरबोट खरीद गरिएको छ । यो मोटरबोटलाई अहिलेको अवस्थामा प्रयोग गर्ने बताइएको छ ।



प्रस, पँचगावाँ, २७ असार/
    तीन दिनदेखि अविरल वर्षाको कारण पर्सा जिल्लाका धेरैजसो सडक डुबानमा परेर आवागमन ठप्प भएको छ ।
    हुलाकी सडक, पदमरोड र नहर रोड गरी तीनवटा मार्गबाट जिल्लाको विभिन्न स्थानमा आवतजावत गर्ने गरिएकोमा अहिले तीनैवटा सडकका अधिकांश भाग डुबानमा परेको, भासिएको र हिलाम्मे भएकाले चार पाङ्ग्रे सवारीसाधन पूर्णरूपमा ठप्प छन् । कतिपय स्थानमा साइकल तथा मोटरसाइकलसमेत चलाउन सक्ने अवस्था छैन । 
    सखुवाप्रसौनीको खजुरिया, तिरही खोला, पटेर्वासुगौलीको गादी खोला र पर्सागढी नपाको सिंघाइ खोलामा आएको बाढीले सो क्षेत्रको सडक अवरुद्ध गरेको छ । पर्साको रङ्गपुर, बाराको जीतपुरसम्मको जनता सडकका विभिन्न स्थानमा वर्षा र बाढीले क्षति पु¥याउँदा सडकमार्ग अवरुद्ध भएको हो ।
    यसैगरी, थरुहट सडकको हरपुर, एकटाँगा, श्रीपुर पँचगावाँ, पटेर्वासुगौली, सेढवाका विभिन्न स्थानमा भलुवाही खोलाको बाढी र वर्षाको कारण सडक अवरुद्ध भएको छ । ग्रेभल र माटोले पुरेर बनाइएका सडकहरू धेरैजसो हिलाम्य भएर सडक अवरुद्ध भएका छन् । ग्रेभल गर्ने नाममा माटो बढी र गिट्टी कम प्रयोगमा ल्याइएको कारण ग्रेभल सडक पनि खराब भएका छन् ।
    हुलाकी सडकको गर्दौल, रामनगर, लखनपुर, हरपुर, नौकाटोला र नौकाटोलादेखि सुवर्णपुरसम्मको सडक हिलोको कारण अवरुद्ध छ । त्यहाँ सवारीसाधन सञ्चालन हुने अवस्था छैन । गण्डक सडक अन्तर्गत वीरगंज महानगरको जगरनाथपुर, मनियारीदेखि बहुदरमाई नपाको डोकैला बहुअरी, सखुवाप्रसौनीको महुवन र जगरनाथपुर गापाको औराहा, झकरा मसिहानी, जानकीटोलासम्म सडकखण्ड अवरुद्ध छ ।
    नहर र सडक मरम्मतको नाममा माटो पुर्ने काम भएकोले सो ठाउँमा पनि हिलो, खाल्डो भएर सवारीसाधन चल्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।
बाढीले बगाएर बालकको मृत्यु
प्रस, पर्सागढी/
    खोलाले बगाएर पर्सागढी नगरपालिका–१ भटनी टोलमा एक बालकको मृत्यु भएको छ ।
    वर्षाको कारण विद्यालय बन्द भएको अवस्थामा मेघराज पटेलका ९ वर्षीय छोरा निखिल पटेल गाउँनजीक सिंघाइ नदीमा बाढी हेर्न जाँदा खोलाले बगाएको स्थानीयले बताएका छन् । खोलाले बगाएका बालकलाई करीब दुई किलोमिटर टाढा पु¥याएपछि गाउँलेहरूले उद्धार गरेर वीरगंज पु¥याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रस, सेढवा/
    अविरल वर्षाले हुलाकी, थरुहट, जनता र गण्डक सडकखण्ड अवरुद्ध भएको छ ।
    हुलाकी सडक अन्तर्गत वीरगंज–ठोरी सडकखण्डमा गर्दौलदेखिको सडकमा माटो मात्र बिछ्याएको कारण हिलाम्मे भएर अवरुद्ध भएको छ भने ग्रेभल, वाटरमेकाडम र कालोपत्र भएका सडकखण्डमा पनि कल्भर्ट, डाइभर्सनहरूमा आवतजावत अवरुद्ध भएको छ । डाइभर्सनमा राखिएको माटो हिलाम्य भएकोले आवगमन अवरुद्ध भएको हो ।
    जनता र थरुहट सडकको भलुवाही खोलामा ५ वर्षदेखि निर्माण भइरहेको पुल यसै वर्ष मात्र सञ्चालनमा आएको थियो । तर बाढीले पुलको पश्चिमतर्पmको बाँध भत्काएकोले बाटो अवरुद्ध भएको छ ।
    अविरल वर्षाको कारण धेरै ठाउँमा विद्युत् प्रसारण, इन्टरनेट सेवा बन्द छ । शुक्रवार वर्षाको कारण पर्सा जिल्लाका धेरैजसो ग्रामीण क्षेत्रका विद्यालयहरू सञ्चालनमा आउन सकेनन् । भर्खरै मात्र धान रोपेका किसानहरूको बाली डुबानमा परेको छ । ठाउँठाउँमा पानीले धानबालीमा नोक्सान पु¥याएको किसानहरूले बताए ।
    चैते धान भिœयाउनेक्रममा शुरू भएको वर्षाले थप समस्या भएको किसानहरूले बताएका छन् ।
बाढीका कारण ठोरी टापुमा परिणत, बजार क्षेत्र जोखिममा
प्रस, ठोरी/
    अविरल वर्षापछि खहरेखोलाहरूमा आएको बाढीका कारण ठोरी टापुमा परिणत भएको छ ।
     बाढीको कारण जिल्ला सदरमुकाम वीरगंज र चितवनको भरतपुरसँग ठोरीको सडक सम्पर्क टुट्दा टापु जस्तै बन्न पुगेको हो । सडक हिलाम्य हुनुका साथै खहरे खोलाहरूमा आएको बाढीले सडक सम्पर्क अवरुद्ध भएको छ । साबिक ठोरीको सडक सम्पर्क तीन दिनदेखि वीरगंजसँग विच्छेद भएकोमा आजदेखि भने नारायणघाटलगायत ठोरी आसपासका क्षेत्रसँग समेत सडक सम्पर्कविच्छेद भएको सशस्त्र प्रहरी ठोरीका प्रहरी निरीक्षक अमरबहादुर विकले जानकारी दिए । बाढीका कारण एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न नसकिएको उनले बताए ।
ठोरी बजार जोखिममा
    पुरानो नाकाको रूपमा रहेको ठोरीको बजार क्षेत्र बाढीको कारण जोखिममा परेको छ ।
    बाढीका कारण ठोरी बजारको सडकदेखि मुनिका क्षेत्र जोखिममा परेको छ । विशेषगरी ठोरी बजारको ओरालो सडकदेखि पश्चिमतर्पmको क्षेत्र जोखिममा रहेको सशस्त्र प्रहरी निरीक्षक विकले जानकारी दिए । सशस्त्र प्रहरी र स्थानीयको सक्रियताबाट खोल्चीबाट आएको बाढीको धार अस्थायीरूपमा परिवर्तन गरिएको छ ।
    बाढीको धार परिवर्तन गरिएपछि स्थानीय किरण थापामगर, धनियादेवी चौधरी, नरेश चौधरी र जानकी राईको घरलाई जोगाउने काम भएको उनले बताए । जोखिममा रहेका घरहरूबाट खाद्यान्न, लत्ताकपडालगायत घरायसी सामग्रीहरू सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रनि विकले बताए । पूर्वतर्पmबाट ठुटेखोला र दक्षिण–पश्चिमतर्पm रहेको चिताह खोलाबाट प्रत्येक वर्ष ठोरी बजार क्षेत्र कटानमा पर्दै आएको छ । बाढीबाट हुने जोखिम क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।



प्रदेश २ मा दुईजनाको मृत्यु, एक बेपत्ता, १७ जनाको उद्धार हँुदै
    लगातार तीन दिनको अविरल वर्षाको कारण देशभरसहित प्रदेश २ को जनजीवन पनि पूर्णरूपले ठप्प र प्रभावित भएको छ । प्रदेश २ को पर्सादेखि सप्तरीसम्म ८ जिल्लाका अधिकांश भूभाग जलमग्न हुनुका साथै धनजनको क्षति भएको सङ्घीय प्रहरी एकाइ कार्यालय प्रदेश २ जनकपुरले जनाएको छ । वर्षाको कारण पर्सामा पर्सागढी नपाका ११ वर्षीय बालक निखिल पटेलको तथा बारा परवानीपुर गाउँपालिका–२ का तीन वर्षीय विक्की यादवको मृत्यु भएको छ भने महोत्तरी बलवा नपा–२ का ७० वर्षका हमिद मियाँ बेपत्ता रहेका छन् । यसैबीच, प्रदेश २ का डिआइजी पुष्कर कार्कीका अनुसार रौतहटको लालबकैया खोलाको छेउमा रहेको वृन्दावन नपामा बाढीको कारण टापु बनेको एउटा गाउँमा १७ जना जोखिममा रहेकाले उनीहरूको उद्धारका लागि प्रहरीहरू खटेको बताए । प्रदेश २ मा अधिकांश जिल्लामा विद्युत् सेवा अवरुद्ध हँुदा आमजनतालाई फोन सम्पर्क तथा दैनिकरूपमा खानाखाजादेखि लिएर दिसापिसाब गर्न पनि समस्या भएको बुझिएको छ । प्रहरीले अस्थायीरूपमा सयौं घरपरिवारलाई बास तथा खानाको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
पर्सामा २२ फिडरमध्ये ४ फिडर डाउन
    पर्सामा ४ वटा विद्युतीय फिडर अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रले जनाएको छ । २२ वटा फिडरमध्ये आज १२ वटामध्ये ८ वटा फिडर मरम्मत सम्भार गरी विद्युत् सेवा सुचारु गरेको र अभैm ४ वटा फिडर अवरुद्ध रहेको वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले बताए । उनले शनिवार कर्मचारी खटाएर सम्पूर्ण फिडरमा बिजुली सुचारु गर्ने कोशिश गर्ने आश्वासन दिए । पर्साको गण्डक, ग्रामीण क्षेत्र, चोर्नी र हिमाल फिडरमा बिजुली सप्लाई ठप्प भएको बुझिएको छ । वर्षाको समयमा जुन पनि विद्युतीय उपकरणमा करेन्ट प्रवाह हुन सक्ने भएकोले सावधानी अपनाउन र सतर्क रहन केन्द्रले अनुरोध गरेको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us