Friday, July 12, 2019

चिनियाँहरू सादा जीवन उच्च विचारका प्रतीक

वैद्यनाथ ठाकुर
    चीनका राष्ट्रपति सी जिङपिड्ढो ‘सम्पत्ति राख्नेहरू कम्युनिस्ट हुन सक्दैनन्’ भन्ने विचारले सामाजिक सञ्जालहरूमा निकै महŒव पाएको छ । एकातर्पm संसारको दोस्रो गरीब देश नेपालमा कम्युनिस्टहरू सत्तामा पुग्दा होस् वा सत्ता बाहिर रहँदा होस् उनीहरूको हालसम्मको चरित्र नै सम्पत्तिको लागि बाँच्नु जस्तो देखिन्छ तर चिनियाँ क्रान्तिको चौसट्ठी वर्षपछि पनि उनीहरूमा सम्पत्तिप्रति मोह देखिएको छैन । नेपाली समाजमा २०४७ सालपछि सत्तामा पुगेका नेताहरूको सम्पत्तिको खोजबिन गर्ने हो भने प्रायः सबैले जेलको हावा खानुपर्ने अवस्था नहोला भन्न सकिन्न । राजनीतिक पार्टीका नेताहरूमा एक प्रकारको होड नै चलेको देखिन्छ । नेपाली काङ्ग्रेस सत्तामा रहँदा यतिधेरै कमायो हामी कम्युनिस्टहरू त्योभन्दा पनि बढी कमाउनुपर्छ भन्ने मनोविज्ञानले गर्दा नै केवल संसदीय भत्ताको भरमा काठमाडौंमा हाम्रा नेता कमरेडहरूले आलिशान महल जोडेका छन् । करोडौं रुपैयाँको शेयर राख्ने हैसियतमा आपूmलाई उभ्याएका छन् । जहाँ चीनमा भ्रष्टाचार गर्ने व्यक्ति जोकोही होऊन्, उनीहरूलाई गोलीले उडाइन्छ । त्यही हाम्रFे देशमा भ्रष्टाचारीहरू नियमितरूपमा बढुवा हुने तथा अवकाश प्राप्त गरेपछि पनि देशको महŒवपूर्ण निकायको प्रमुखमा नियुक्ति पाउने चलन झन्झन् बाक्लो हुँदै गइरहेको छ ।
    साङ्घाईको हाम्रो दोस्रो दिनको भ्रमण बिहानको नाश्तापछि दिनको १ बजे शुरू भयो । सबैभन्दा पहिले हामीलाई सन् १९१८ मा बनेको १७० एनियुआन रोडस्थित जेड बुद्ध स्तूपा लगियो । साङ्घाईको सबैभन्दा प्रसिद्ध तथा प्रमुख बौद्ध विहारको रूपमा जेड बुद्ध चीनमा प्रख्यात छ । गौतम बुद्धको सत्तरी भिक्षु अवस्थाको मूर्ति भएको यो मन्दिरमा एकाध चिनियाँहरू मात्रै देखिन्थ्ये । खासै भीडभाड नभएको यहाँ अलि चहलपहल विदेशी पर्यटकहरूको मात्रै देखिन्थ्यो । हाम्रFेजस्तो पशुपतिनाथमा जुनसुकै बेला वरदान माग्नेहरूको भीड कत्ति पनि थिएन । त्यसपछि हाम्रFे टोली साङ्घाईको यु युआन बजार पैदल हिंडेर नानजिङ पेडेस्ट्रन रोड पुग्यौं । सन् १८५१ मा बनेको यो बजार साङ्घाईको पहिलो व्यापारिक गल्लीको रूपमा परिचित छ । तर अहिले यो ठाउँ व्यापकरूपमा खरीद– बिक्री केन्द्रको रूपमा स्थापित भएको छ ।
    हामीले नेपालमा चिनियाँ सामानहरू सस्तो दरमा पाउने गरेकोले चीनमा झन् सस्तो होला भनेर राम्रै खरीददारी गर्ने भनेर गएका थियौं तर अवस्था ठीक उल्टो देखियो । हाम्रो गाइडले जानकारी दियो कि चीनमा सबैभन्दा महँगो बजार साङ्घाई र बेइजिङ हो । वास्तवमा साङ्घाईको त्यो प्रमुख व्यापारिक केन्द्र निकै महँगो थियो । नेपालमैं ५–६ सय पर्ने चाइनिज भेस्ट त्यहाँ ८ सय मूल्य थियो । एउटा बर्गरको २५ युआन अर्थात् चार सय नेपाली प¥यो । एक प्लेट पोर्क (सुङ्गुर)को मम २० युआन अर्थात् ३ सय रुपैयाँ नेपाली प¥यो, त्यो पनि सामान्य रेस्टुरेन्टमा । नेपाल र भारतमा जति सस्तो खाना र सामान मलाई लाग्छ विश्वमा कहीं पनि पाइँदैन कि ?
    सामान्य खरीददारीपछि हामी पुग्यौं साङ्घाई टिभी टावर हेर्न । यसको वास्तविक नाम ओरियन्टल टिभी टावर हो तर यसलाई प्रायः मानिसहरू साङ्घाई टिभी टावर नै भन्ने गर्छन् । बाहिरबाट हेर्दा केही मोटा पिलरहरू जोडेर एउटा अग्लो टावर बनाएको जस्तो देखिन्छ तर भित्र पुगेपछि बाहिरबाट देखिने सामान्य पिलर जोडिएको टावर त्यही हो पत्याउन निकै गा¥हो हुन्छ । भित्रपट्टि निकै फराकिलो ४४० मिटर अग्लो त्यो टावर लिप्mटले केही मिनेटभित्र लैजान्छ । टिभी टावरको माथिबाट साङ्घाईको मुटु मानिने बन्ड अति सुन्दर देखिन्छ ।  बन्ड भनेको साङ्घाई टिभी टावरलाई चारैतिर हुवाङपु नदीले घेरेको छ र नदीको चारैतिरको किनारामा ठूल्ठूला आकर्षक गगनचुम्बी भवनहरू निर्माण गरिएका छन् । यस बन्डको निर्माण पहिलोचोटि सन् १८४६ मा एउटा बेलायती कम्पनीले गरेको थियो । बन्डको चारैतिर पचासवटा विभिन्न डिजाइनका ठूला भवनहरू बनेका छन् । साँझ यस नदीमा क्रुज गर्दा बत्तीले झकिझकाउ यो बन्ड अति नै उत्कृष्ट देखिन्छ । हुवाङपु नदीको ठीक तल सुरुङ मार्ग पनि छ । माथि नदी बग्छ तल पक्की बाटो छ । टावरको दोस्रो तल्लामा सीसाको स्क्वायर बनेको रहेछ । जहाँ हामीले निकै रोमाञ्चित भई स्काइवाक ग¥यौं ।
    तेस्रो दिन हामी खाली थियौं र साङ्घाईका केही पार्क तथा बजार घुमेर विभिन्न विषयमा अनेकौं गफ गर्दै दिन बितायौं । हामीलाई थाहा भयो तीस वर्ष अगाडि नेता देङ स्याओपिङले साङ्घाईको विकास गरेका हुन् । त्योभन्दा पूर्व साङ्घाईमा त्यस्तो आकर्षण केही थिएन । साङ्घाई वास्तवमा निकै समृद्ध देखिन्छ । शहरमा जति शान्ति छ, त्यत्तिकै सफाइ पनि छ । हँसिला अनुहारका चिनियाँहरू मिलनसार र सा¥है अनुशासित पनि छन् । साङ्घाईमा हामीलाई पटक्कै मन नपरेको कुरा चुरोटको दुर्गन्ध तथा जताततै फालिएका ठूटाहरू । कुन्नि के कारणले हो, चिनियाँ सरकारले साङ्घाईमा सार्वजनिक स्थल अर्थात् बाटोमा चुरोट खान तथा ठूटो फाल्न पूर्ण छुट दिएको रहेछ । हामी कोही पनि चुरोट खाने थिएनौं र हामीलाई साङ्घाईको नागरिकको यो बानी मन परेन ।
    चौथो दिन हामी साङ्घाईबाट बेइजिङ जानलाई संसारकै सबैभन्दा तीव्र गतिमा हिंड्ने टे«न चढ्न रेलवे स्टेशन पुग्यौं । मानिसहरूले खचाखच भरिएको रेलवे स्टेशन शान्त थियो । कुनै होहल्ला थिएन । सबैले रेलको प्रतीक्ष्Fा गरिरहेका थिए । निर्धारित समयमा रेल आयो र खुल्यो । हामीले रेलमैं भारतीय खाना पनि खायौं । झन्डै पाँच घण्टाको यात्रापछि हामी चीनको राजधानी बेइजिङ पुग्यौं । स्टेशनबाट हामी तेनम्यान स्क्वायर पुग्यौं । संसारको सबैभन्दा ठूलो स्क्वायर यही हुनुपर्छ । ८८० मिटर लामो तथा ४४० मिटर चौडाइ भएको तेनम्यान स्क्वायर आपैंmमा एउटा आश्चर्यको ठाउँ रहेछ । यो त्यही ठाउँ हो, जहाँ दशौं हजार जनतालाई चिनियाँ सरकारले ट्याङ्क चलाएर मारेको थियो ।  जनतालाई पश्चिमा देशको उक्साहटमा लागेको आरोप चीन सरकारले त्यतिबेला लगाएको थियो । तेनम्यान स्क्वायर प्रसिद्ध हुनुको प्रमुख कारण चिनियाँ क्रान्ति सम्पन्न गर्ने माओत्से तुड्ढो पार्थिव शरीर अभैm पनि चोकको उत्तरपट्टि बीच भागमा एउटा भवनभित्र राखिएको छ । आजसम्म पनि बिहान र बेलुका चिनियाँ नागरिक त्यहाँ आउँछन् र आप्mनो श्रद्धेय नेताको पार्थिव शरीर हेरेर रुन्छन्, कराउँछन् तथा देश विकासमा लाग्ने अठोट गर्छन् । तेनम्यान स्क्वायरको भ्रमणपछि हामी भारतीय रेस्टुरेन्टमा खाना खाएर होटल सङयुआवन पुग्यौं ।
    पाँचौं दिन विश्वप्रसिद्ध तथा अन्तरिकक्षबाट देखिने एकमात्र मानवनिर्मित संरचना ग्रेटवालमा पुग्यौं । ग्रेटवाल १३ हजार किलोमिटर लामो रहेको छ । ग्रेटवालमा हामीले निकै तस्वीर खिच्यौं तथा नृत्य ग¥यौं । ग्रेटवाल हामी बसेको होटलभन्दा ७५ किलोमिटर उत्तरमा रहेको छ । ग्रेटवाल जानेक्रममा बाटोमा रहेको जेड पैmक्ट्री अवलोकन ग¥यौं । ढुङ्गालाई ताछेर विभिन्न आकृति तथा सामग्री कसरी निर्माण गरिन्छ, त्यो हामीले त्यहाँ प्रत्यक्ष अवलोकन ग¥यौं । सने २००८ मा चीनमा भएको ओलम्पिक खेलको लागि तयार पारिएको स्टेडियम पनि आपैंmमा अनौठो छ । करीब एक घण्टासम्म हामीले ओलम्पिक स्टेडियमको अवलोकन ग¥यौं । त्यसबेला बनाइएको स्टेडियम भर्खरै तयार पारिएको जस्तो अवस्थामा थियो । चराको गुड नामक उक्त स्टेडियमको अवलोकनपश्चात् हामी चियाघरको अवलोकन गर्न गयौं । चियाघरमा ३२ प्रकारका चियाको बारेमा हामीलाई जानकारी दिइयो । त्यसमध्ये झन्डै आधा दर्जन चिया हामीलाई पकाएर टेस्टसमेत गराए । चिनियाँहरू चियाको पारखी रहेछन् तर उनीहरू चियामा दूध र चिनी मिसाउँदैनन् । ग्रीन टि भनिने उक्त चियाहरू ड्राइ फ्रुट्सदेखि विभिन्न पूmलहरू, पातहरू तथा जराहरूसमेतबाट तयार हुँदो रहेछ ।
    जेहोस्, साङ्घाइ जस्तो बेइजिङमा कहीं पनि चिनियाँहरूले चुरोट खाएको देखिएन । साङ्घाईमा देखिने साना चिनियाँहरू बेइजिङ आइपुग्दा अग्ला भेटिन थाले । ठूल्ठूलो आँखा भएको, ठाडो नाक भएको उत्तरी चीनका बासिन्दा रहेछन् ।
    चीनले जेजति विकास गरेको छ, त्यो त्यहाँको सरकार तथा नेताहरूको देश र जनताप्रतिको इमानदारिता हो । हाम्रो नेपालको सरकार तथा नेताहरू चिनियाँ सरकार र नेता जस्तै देश र जनताप्रति इमानदार बन्ने हो भने नेपालको विकास पनि आगामी तीन/चार दशकसम्ममा सम्भव रहेको हाम्रF नेताहरूले कहिले मनन गर्ने हुन् कुन्नि ? 

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us